अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूद्वारा निम्न स्थानमा निम्न गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अन्दाज मुल्य रू. ८९ हजार १ सय ६० रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।
बारा जिल्ला जीतपुर सिमरा उ.म.न.पा.वडा नं.०१ पथलैया चोक स्थितमा प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले काकरभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको बा.प्र.०१-००६ ख ५८८३ नं. को बसको डिक्कीमा लुकाई छिपाई राखेको अन्दाज मुल्य रू.८९,१६०/- बराबरको लहंगा, साडी, सुट, थानको कपडा नियन्त्रणमा बिल बिजक भन्दा बढी रहेकोले बुझाइएको जिल्ला प्रहरी बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका थिए।