अजित कुमार भुजेल , बिरगंज । नेपाल खेलकुद महासंघ बिरगंज महानगर पालिका वडा नं ५ कमिटिद्वारा आयोजित हिन्दुहरूको महान चाँड छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम वडा नं ५ को वडासमितिमा सम्पन्न भएको छ।
सो कार्यक्रमका प्रमुख अतिथि वाड नं ५ का वडा अध्यक्ष प्रदीप चौरसिया एवम् विशिष्ट अतिथिमा वडा सदस्य सन्जु दहाल त्यसैगरी अतिथिमा नेपाल खेलकुद महासंघ बिरगंज महानगर कमीटीका सदस्य सचिव अमन कुमार पटेल , अनेमा संघ बिरगंज महानगर कमिटीका उपाध्यक्ष सावित्री उप्रेती , त्यसैगरी सिर्जनसिल आमा समूहका अध्यक्ष जुलि श्रेष्ठ , मोदी इन्स्टिच्युटका सञ्चालक राहुल मोदी लगायतकाको उपस्थिति रहेको थियो भने विभिन्न समाजसेवीहरु एवम् टाेलका युवाहरूको उपस्थिति रहेको थियो र नेपाल खेलकुद महासंघ वार्ड नम्बर ५ कमिटीका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा वार्ड नम्बर ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसियाले शुभकामना मन्तव्य राख्नु भएको थियो। सो कार्यक्रम सहजीकरण नेपाल खेलकुद महासङ्घ बिरगंज महानगर कमिटीका सहसचिव अमन कुमार पटेलले गरेका थिए।