नेवार समुदायहरुले आफन्तको मृत्यु भएकाको सम्झनामा आज बिरगंजमा घाईजात्रा मनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज सपारु समितिले बिरगंजमा नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको सम्झनामा मंगलवार गाईजात्रा निकालेको छ।

बिरगंजको अलखियामठबाट अध्यक्ष संजय जोशीको नेतृत्वमा रैलि शुरु भई विभिन्न भेषभुषामा गाईको रुपमा बालबालिकाहरुलाई सजावट गरि मुख्य सडक हुदै माइस्थान २ नम्बर रोड,बिर्ताचौक  हुदै पुन फेरि अलखियामठमा आएर समापन गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

नेवार समुदायको आफ्नो घर परिवारका सदस्य मृत्यु भएको खण्डमा उक्त गाईजात्राको दिन मृत्य भएकाको सम्झनामा रैलि निकालि  मनाउने चलन रहेको अध्यक्ष जोशीले बताएका छन् ।

हरेक वर्ष मनाउने क्रममा बिरगंजमा पनि धुमधामले सो गाईजात्रा मनाएको छ। गाईजात्रालाई सफल बनाउन अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ ,बिरगंज सपारु समितिका सचिव सुन्दर श्रेष्ठ ,नेवा पुचका अध्यक्ष हरि बैध,सुनिल जोशी ,अमृता बैध,रुपेशमान मानन्धर ,निरज हरिमुल,तारामान श्रेष्ठ ,हिराकाजी महर्जन ,सुशील श्रेष्ठ लगायतको विशेष भुमिका रहेको बीरगंज सपारु समितिका अध्यक्ष संजय जोशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...