अजित कुमार भुजेल , बिरगंज । फोनिजको स्थापना दिवस बारा जिल्ला स्थित बिश्व प्रसिद्ध गढीमाई मन्दिरको सरसफाइ गरी मनाएको थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) को २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आज विश्व प्रसिद्ध गढीमाई मन्दिर प्राङ्गणमा सरसफाइ गरिएको मनाईयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेश समितिले सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरीको नेतृत्वमा मन्दिर प्राङ्गणमा सरसफाइ गर्नुको साथै गढीमाई मन्दिरको विकासमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मधेश प्रदेश समितिका महासचिव बृजमान तामाङले जानकारी दिनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) मधेश प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहता, नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह तेली,मन्दिरका पुजारी शिव चौधरी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष बिबेक कुमार चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मधेश प्रदेशका महासचिव बृजमान तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रममा स्वागत प्रदेश सदस्य नवीन चौधरीले गरेका थिए । कार्यक्रमको उदेश्यबारे फोनिज बारा अध्यक्ष जियालाल चौधरीले प्रकाश पानु भएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) सर्लाही शाखा अध्यक्ष घनश्याम बलाम्पाकी मगर, सप्तरी सचिब रामनाथ चौधरी, पर्सा सचिब राम मण्डल, सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प बरियापुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विक्रम बोगटी, सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प तेलपुवाका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक याम ओली, प्रहरी चौकी बरियारपुरका प्रमुख प्रहरी नायव निरीक्षक मोहन आले, माहागढीमाई नगरपालिकाका नगर प्रहरी, फोनिजका विभिन्न केन्द्रीय विभागीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश पदाधिकारीहरु , विभिन्न जिल्लाका अध्यक्ष लगायत सदस्यहरु , नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीको समेत सहभागी रहेको थियो ।