गुरु दक्षिणा कार्यक्रममा पर्साका सनातन धर्मका व्यक्तिहरुले स्वछाचारि पुर्व गुरु दक्षिणा गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । बीरगंज महानगरपालिका वडा नम्बर १०  आदर्शनगरस्थित तेरापंथ जैन भवनमा श्री गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

हिन्दु स्वयंसेवक संघ नेपाल पर्साका कार्यक्रम संयोजक तथा विभाग संघचालक अशोक बैधको सभापतित्व तथा समाजसेवी गणेश लाठको प्रमुख आतिथ्यमा सो श्री गुरुदक्षिणा समपर्ण उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

श्रीगुरुदक्षिणा  समपर्ण उत्सव कार्यक्रममा प्रमुख अतिथि लाठले सनातन धर्म  आफुलाई बाल्यकाल देखि नै धेरै राम्रो लागेको बताए । उहाँले यसरी सनातन हिन्दु धर्मले आफ्नो संस्कार संस्कृतिलाई जोगाउन निरन्तरता र समय समेक्षा अनुसार अहिले लागिपरेकोमा आफू धेरै खुशी भएको समाजसेवी लाठले बताएका छन् ।

गुरु दक्षिणा  कार्यक्रमका मुख्य वक्ता एवम्  हिन्दु  स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह प्रचारक  श्री रेवित कुमार जीले अहिले सनातन धर्मलाई यो श्री गुरु दक्षिणा कार्यक्रम मार्फत धेरै समाजसेवी उधोगपति तथा हिन्दु स्वयंसेवकहरु एक जुट हुने अवसर पाएको बताए । सनातन धर्मले संस्कृति संरक्षण गदै समाज निर्माण तथा राष्ट्रको पुनित कार्य गरिने उदेश्य रहेको मुख्य वक्ता रेवित कुमार जीले बताएका छन् ।

हिन्दु स्वयंसेवक  संघ पर्साका जिल्ला संघचालक माधव राजपालले श्री गुरु दक्षिणा कार्यक्रमको मुख्य उदेश्य भनेको समाजमा आफ्नो धर्म संस्कृति एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्ने यो अभियान रहेको बताए ।

अहिले यो सनातन धर्मले संस्कार ,संस्कृति परामरागत भाषाको रक्षा तथा परामपरागत संस्कृतिको संरक्षण गर्ने काम समेत गरिएको  बताएका छन् । संघ चलाउन स्वयंसेवक नै महत्त्वपूर्ण हो, स्वयंसेवक संघले आर्थिक संकलन गर्ने काम कहिले  गदैन । स्वयंसेवकले भगवा धोजलाई गुरु मानेर आफ्नो इच्छा अनुसार  गुरु दक्षिणा गरिन्छ  जसरी संघ गुरु दक्षिणाबाट नै संघ चलिरहेको छ।

सनातन धर्मलाई विश्वभर चिनाउने काम अहिले हरेक देशमा भइरहेको पर्सा जिल्ला संघचालक माधव राजपालले बताएका छन् । आज श्री गुरु दक्षिणा कार्यक्रममा बीरगंज उधोगपति , ब्यापारी ,समाजसेवी ,सनातन धर्मका ब्यक्तिहरु र संघका स्वयंसेवकहरुले स्वछाचारी पुर्वक गुरु दक्षिणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थी सम्मानित

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज ।  निजी तथा...

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...