आगलागीबाट बच्न सामुदायिक सेवा केन्द्र छ्पकैया-२ द्वारा जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

छ्पकैयामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ बिरगंजको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बी.म.न.पा.बडा नं.२ छपकैया स्थित बिभिन्न होटेलमा आगलागिबाट कसरी बच्ने भन्ने सम्बन्धमा जनचेतनामुलक  पर्चा पम्पलेट बितरण गरि कार्यक्रम सम्पन्न गरेको थियो ।

सर्वसाधारणमा आगजनी सम्बन्धि सचेत हुन सामुदायिक सेवा केन्द्र छ्पकैया पर्साको हार्दिक अनुरोध गर्दै होटेल तथा घरहरूमा खाना बनाई  सकेपछि आगो तथा ग्यास निभाउन , चुरोट सल्काई जथाभावी नफाल्न , जथाभावी आगो नबालौ , ग्यास चुलोको काम सकिसके पछी रेगुरेटर जहिले पनि बन्द गरौं , आगो बाली सकेपछी राम्ररि निभाउ , पसल वा कोठा बन्द गर्दा जहिले पनि स्विच बन्द गरौ , मच्छरधुप जथाभावी नबालौ सुरक्षित तरिकाले बालौ , पेट्रोलियम पदार्थ , तथा ग्यास सिलेन्डर्को वरिपरि आगो नबालौ र सलाई लाईटर बच्चाहरुको पहुँचबाट टाढा राखौ , आगो लागेको बेला लिफ्टो प्रयोग नगरी सिढी प्रयोग गरौ ।

त्यसैगरि त्यस्तो कुनौ घटना भए प्रहरी कन्ट्रोल न.१०० मा , जिल्ला प्रहरी कार्यालय पर्सा कन्ट्रोल न. 9855090136 वा वडा प्रहरी कार्यालय बिर्ता पर्सा कन्ट्रोल न. 9855090144  मा वा नजिकको प्रहरी चौकीमा पनि खबर गरि सहयोग गरि असल नागरिकको पहिचान दिन हुन पर्सा प्रहरी हार्दिक अनुरोध गर्दछ ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य अजित कुमार भुजेल को बिशेष उपस्थित सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेलज्, प्र.स.ह. सुवास श्रेष्ठ , प्र.ज भिम बहादुर कपडयाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...