उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साद्वारा न्यु नारायणी ईन्टरप्राईजेजलाई कार्वाहीको लागि बाणिज्य कार्यालय बिरगंजमा उजुरी दर्ता

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले कार्वाहीको लागि  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजमा उजुरी दर्ता गराएको छ ।

न्यू नारायणि ईन्टरप्राईजेज लिन्करोड  बिरगंजमा रहेको पसलले सामान किन्दा  खरिदकर्ताले चित्त नबुझि सात दिन भित्रमा जस्ताको त्यस्तै फर्काउन खोज्दा फिर्ता लिन इन्कार गरि उपभोक्ता ऐन २०७५ को दफा १४ को बर्खिलाफ गर्नु भएको हुदा आवश्यक कार्वाहिका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजमा उजुरि दर्ता गराईएको थियो ।

सोमबार उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल कुमार श्रेष्ठले उजुरी दर्ता गराउदै न्यु नारायणी ईन्टरप्राईजेज लिन्करोडमा रहेको हार्डवेयरको पसलबाट मा अन्नपुर्ण एक्जिम प्रालीले एउटा ब्रान्ड पन्चकन्याको पाईप फिटिङ्ग खरिद गर्न गएकोमा अर्को ब्रान्डको दिएर पठाएको र सो सामान मलाई नचाहिने , खोजेको ब्रान्ड चाहिने भएको हुदा सामान फिर्ता गरि दिनुस भन्दा बिक्रेताले बिक्रि भएको सामान फिर्ता हुदैन र पैसा पनि फिर्ता हुदैन भनी निज बिक्रेताले जवाफ दिएर संविधान प्रदत अधिकार उपभोक्ता ऎन २०७५ को दफा १४ को बर्खिलाफ गरेको हुदा निजबाट सामान फिर्ता गराई पैसा समेत फिर्ता गराई उपभोक्ता ऎन २०७५ बमोजिम कार्वाही गर्न समेत जोडदार  माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...