नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिएका छौँ, इन्डिया कार्ड र चाइना कार्डमा विश्वास गर्दैनौँ : सांसद हरि पन्त

Date:

पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वर्तमान बालेन नेतृत्वको सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’को राजनीतिमा पटक्कै विश्वास नगर्ने बताएका छन्। उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वाभिमान, आपसी सम्मान र पारस्परिक हितमा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा आइतबार वीरगञ्ज नगरसभागृह (टाउन हल) मा भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष सांस्कृतिक समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन्।

समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गरे। नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सांस्कृतिक, धार्मिक तथा जनस्तरको सम्बन्धले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

उनले नेपाल र भारतबीच रहेका साझा धार्मिक धरोहर, परम्परा, संस्कृति तथा चाडपर्वले दुवै देशका जनताबीचको आत्मीयता र आपसी सम्बन्धलाई जीवन्त राखेको पनि उल्लेख गरे। दुई देशबीचको सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तरमा समेत गहिरो रूपमा जोडिएको उनको भनाइ थियो।

भारतीय महावाणिज्य दूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांस्कृतिक समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), नयाँदिल्लीको तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको सांस्कृतिक टोलीले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो।

कार्यक्रममा भारतीय महावाणिज्य दूत देवी सहाय मीनाले भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को ऐतिहासिक पृष्ठभूमि, महत्व र भारतीय स्वतन्त्रता आन्दोलनमा यसले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए।

नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, साझा सांस्कृतिक विरासत तथा पारस्परिक सद्भावलाई प्रतिबिम्बित गर्ने उक्त समारोहमा विभिन्न क्षेत्रका प्रतिनिधि, अतिथि तथा संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

छपकैयाको व्यवस्थित थोक बजारमा जान वीरगंज महानगरको २१ दिने अल्टिमेटम, सडकमा थोक कारोबार गर्न रोक

पर्सा पोस्ट, कार्तिक १३ गते, वीरगंज । वीरगंज महानगरपालिकाले सडक...