बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

Date:

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा आइतबार नियमित मासिक नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ६ बजे सम्म र शनिबार १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज ८ बाट बिपन्न असहायहरु लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघर अगाडि स्व रामजनम तिवारी बाबाको सालिक परिसरमा नया पुराना गरि करिब ५ सय ५० थान कपड़ा वितरण गरिएको सदस्य नवराज भट्टराईले बताए ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि , बिशिस्ट अतिथि बिरगंज महानगर -८ का वडाअध्यक्ष रितेश गुप्ता ( मुन्ना ) , सल्लाहकार नेपाल बार एसोसिएसन पर्साका पुर्व अध्यक्ष अधिवक्ता पन्नालाल गुप्ता,सदस्य आशुतोष तिवारी,अधिवक्ता त्रीलोक प्रताप सिंह , समाजसेवी रामनरेश यादव,श्रीराम गिरि ,नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर , युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, घण्टाघर प्रहरी पोस्टका हवल्दार सिंह , सन्चारकर्मी आकाश पटेल ,बैंकका सदस्यहरु निला राम, शिव श्रेष्ठ ,सुरज श्रीवास्तव, कर्मचारी मिथलेश श्रीवास्तव लगायत सन्चारकर्मिहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले कोहि नाङ्गो नरहोस भनी मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरुलाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेका छौ र आउने समयमा निशुल्क भोजन सेवा संचालन गर्ने पनि अभियान चलाउनेछौ बताउदै हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु भयो ।

सो अवसरमा बिशिस्ट अतिथि वडा अध्यक्ष गुप्ताले कोहि नाङ्गो नरहोस भनी बिरगंज र ग्रामिण भेगमा ,पिडितहरु माझ पुगेर नया पुराना कपडा उपलब्ध गराइ दिन दुखी असहाय को सेवा सहयोग गर्दै आएको बिरगंज कपडा बैंक मेरै वडामा हुनु असाध्यै खुशी र गर्व लाग्ने बताउदै समाजलाइ सेवा गर्ने बिषयमा हामी सबैले हातेमालो गर्न आवश्यकता माथी जोड दिदै समाजिक सेवाको सुकार्यमा आफुले सधै साथ सहयोग गर्दै आएको र यो कार्य निरन्तर जारी राक्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

सो हि अवसरमा बैंकका संस्थापक सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले सबैको साथ सहयोग हातेमालोले बैंकको सुकार्य जारी नै रहने छ भन्दै सहयोग गर्ने सम्पुर्ण दाताहरु, सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरुलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

अध्यक्ष सिंहले मानवता बलियो बनाउने बैंकको सुअभियानमा एवं आजको कार्यक्रममा सहयोगि सम्पुर्ण दाता, सल्लाहकार , शुभेच्छुक ,सहभागी पदाधिकारी सदस्यजन ,सन्चारकर्मिहरु प्रती आभार व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिएका छौँ, इन्डिया कार्ड र चाइना कार्डमा विश्वास गर्दैनौँ : सांसद हरि पन्त

पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

छपकैयाको व्यवस्थित थोक बजारमा जान वीरगंज महानगरको २१ दिने अल्टिमेटम, सडकमा थोक कारोबार गर्न रोक

पर्सा पोस्ट, कार्तिक १३ गते, वीरगंज । वीरगंज महानगरपालिकाले सडक...