रक्तदानभन्दा ठूलो दान अरु केही छैन : एक थोपा रगतले कसैलाई जीवनदान दिन सक्छ

Date:

पर्सा पोस्ट , असोज १७ गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–९ स्थित ब्लड डोनेशन चौक, रानीघाटमा २७औँ पटक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम वडा नम्बर ९ का अध्यक्ष जवाहर गुप्ताको प्रमुख आतिथ्य तथा दुर्गा पूजा सेवा समिति रानीघाटका अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यसमिति सदस्य दिनानाथ रौनियार, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेलगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार वीरेन्द्र साहले गरेका थिए।

रक्तदान कार्यक्रममा ४ महिलासहित ५२ जनाले रक्तदान गरेका छन्। नियमित रक्तदाता, स्थानीय युवा, समाजसेवी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

रक्तदान गर्नेहरूमा पत्रकार राकेश कुमार साह, शतिस सिंह राजपुत, निरञ्जन प्रसाद, रामनरेश यादव, दीपक साह, अनिलकुमार चौरसिया, सजाद हवारी, कुलसरीक हवारी, कलामत मियाँलगायत रहेका थिए।

आयोजक दुर्गा पूजा सेवा समिति रानीघाटले मानवीय सेवाको भावनासहित लामो समयदेखि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्ने भएकाले रक्तदानलाई जीवन बचाउने महत्वपूर्ण मानवीय सेवाका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।

रक्तदानभन्दा ठूलो दान अरु केही हुन सक्दैन। तपाईंको शरीरबाट निकालिएको एक थोपा रगतले पनि कुनै बिरामीको जीवन बचाउन सक्छ भने त्योभन्दा ठूलो पुण्यको काम अरु के हुन सक्छ ? त्यसैले स्वस्थ व्यक्तिले रक्तदानप्रति सकारात्मक सोच राख्दै नियमित रूपमा रक्तदान गर्नुपर्ने सन्देश कार्यक्रममार्फत दिइएको थियो।

# जनचेतनामूलक सन्देश :
सामान्यतया १८ वर्ष पूरा भएका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन्। योग्य रक्तदाताले स्वास्थ्य अवस्था र चिकित्सकीय मापदण्डअनुसार नियमित रूपमा रक्तदान गर्न सक्ने भएकाले रक्तदान गर्न डराउनु आवश्यक छैन। रक्तदान गर्दा आफ्नो स्वास्थ्य अवस्था, उमेर, तौल तथा अन्य चिकित्सकीय मापदण्डबारे रक्तसञ्चार केन्द्रका स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ।

“आज तपाईंले दिएको रगत, भोलि कसैको जीवनको आशा बन्न सक्छ। रक्तदान गरौँ, जीवन बचाऔँ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...