पर्सा पोस्ट, असोज १५ गते, वीरगञ्ज।
वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस (ERP–LMS) प्रणालीको औपचारिक शुभारम्भ गरेको छ। कलेजले वेब संस्करण र नेटिभ एन्ड्रोइड एपसहितको अत्याधुनिक डिजिटल प्रणाली बिहीबार एक विशेष समारोहबीच सार्वजनिक गरेको हो।

कलेजका संरक्षकसमेत रहेका मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठको उपस्थितिमा उक्त प्रणालीको उद्घाटन तथा औपचारिक शुभारम्भ गरिएको थियो।
कलेजले आफ्नै प्राविधिक जनशक्ति र स्रोतसाधनको प्रयोग गरी शतप्रतिशत आन्तरिक रूपमा विकास गरेको यो प्रणालीलाई शैक्षिक व्यवस्थापन र डिजिटल शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यस प्रणालीको सुरुवातसँगै कलेजले परम्परागत शैक्षिक व्यवस्थापनलाई प्रविधिसँग जोड्दै आधुनिक, व्यवस्थित र प्रविधिमैत्री शिक्षण प्रणालीको विकासतर्फ नयाँ कदम अघि बढाएको छ।

नयाँ ईआरपी–एलएमएस प्रणाली वेब संस्करण र एन्ड्रोइड एप दुवै माध्यमबाट सञ्चालन गर्न सकिने भएकाले विद्यार्थी तथा शिक्षकलाई डिजिटल प्रविधिमार्फत शैक्षिक गतिविधिमा सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसले शिक्षण, सिकाइ तथा कलेजको समग्र शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कलेजले आफ्नै प्राविधिक दक्षता र जनशक्तिको उपयोग गरी विकास गरेको यस प्रणालीले बाह्य प्रविधिमा निर्भर नभई आफ्नै आवश्यकताअनुसार डिजिटल शैक्षिक संरचना निर्माण गर्न सकिने उदाहरणसमेत प्रस्तुत गरेको छ। यसले कलेजको प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने योजनालाई थप गति दिने विश्वास गरिएको छ।
कलेजले आफ्नै प्राविधिक जनशक्ति र स्रोतसाधनको प्रयोग गरी शतप्रतिशत आन्तरिक रूपमा विकास गरेको यो प्रणालीलाई शैक्षिक व्यवस्थापन र डिजिटल शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यस प्रणालीको सुरुवातसँगै कलेजले परम्परागत शैक्षिक व्यवस्थापनलाई प्रविधिसँग जोड्दै आधुनिक, व्यवस्थित र प्रविधिमैत्री शिक्षण प्रणालीको विकासतर्फ नयाँ कदम अघि बढाएको छ।

कार्यक्रममा बोल्दै कलेजका पदाधिकारीहरूले डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षण तथा सिकाइ प्रक्रियालाई समयानुकूल बनाउने र शैक्षिक गतिविधिलाई थप व्यवस्थित गर्ने लक्ष्यसहित प्रणाली विकास गरिएको बताएका छन्।
कार्यक्रममा अतिथि, सञ्चारकर्मी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूको साथ, सहयोग र उत्साहले कार्यक्रमलाई सफल बनाएको कलेजले जनाएको छ।
कलेजले यस महत्वपूर्ण उपलब्धिमा साथ दिने सम्पूर्ण अतिथि, शुभेच्छुक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको छ। उनीहरूको प्रोत्साहन र शुभकामनाले डिजिटल शिक्षाको क्षेत्रमा थप नवीन कार्य गर्न प्रेरणा मिलेको कलेजको भनाइ छ।
आफ्नै प्राविधिक जनशक्तिबाट ईआरपी–एलएमएस प्रणाली विकास गरी औपचारिक रूपमा सञ्चालनमा ल्याउनु वीरगञ्ज पब्लिक कलेजका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। यससँगै कलेजले शैक्षिक व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै स्मार्ट शिक्षा र आधुनिक शिक्षण प्रणालीतर्फ नयाँ अध्याय सुरु गरेको छ।