दुई कर्मचारीको निधनमा वीरगञ्ज महानगरपालिकाद्वारा शोक बिदा, श्रद्धाञ्जली अर्पण

Date:

पर्सा पोस्ट, कार्तिक १३ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिकाले आफ्ना सरसफाइ कर्मचारी धर्मेन्द्र राउत र स्वयंसेविका मन्जुदेवी कटवालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिएको छ। दुवै जनाको निधनले महानगरपालिकालाई अपूरणीय क्षति पुगेको भन्दै महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा तथा प्रशासनिक कामकाज बन्द गरेको हो।

दिवंगत कर्मचारी तथा स्वयंसेविकाप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले महानगरपालिकाले शुक्रबार बिहान विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह, प्रशासन प्रमुख किर्तिराज सुवेदी लगायत महानगरपालिकाका कर्मचारी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महानगर प्रमुख सिंहलगायतले दिवंगत राउत र कटवालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेका थिए। उनीहरूले महानगरपालिकाको सेवा प्रवाह तथा सामाजिक क्षेत्रमा दुवै जनाले पुर्‍याएको योगदानको स्मरण गर्दै उनीहरूको अभाव सधैँ खड्किरहने बताए।

महानगरपालिकाका अनुसार सरसफाइ कर्मचारी राउत तथा स्वयंसेविका कटवालले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा महानगरपालिकालाई पुर्‍याएको योगदान महत्वपूर्ण रहेको थियो। उनीहरूको निधनले महानगरपालिकाको संस्थागत परिवारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

महानगरपालिकाले दिवंगत दुवै जनाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई यस असह्य दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेको छ।

दुवै जनाको निधनप्रति सम्मान प्रकट गर्दै महानगरपालिकाले शोक बिदामार्फत संस्थागत रूपमा दुःख व्यक्त गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिएका छौँ, इन्डिया कार्ड र चाइना कार्डमा विश्वास गर्दैनौँ : सांसद हरि पन्त

पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

छपकैयाको व्यवस्थित थोक बजारमा जान वीरगंज महानगरको २१ दिने अल्टिमेटम, सडकमा थोक कारोबार गर्न रोक

पर्सा पोस्ट, कार्तिक १३ गते, वीरगंज । वीरगंज महानगरपालिकाले सडक...