वीरगञ्जमा कमाएको नाफाको सीएसआर रकम वीरगञ्जकै समाजमा खर्च गर्न सांसद हरि पन्तको आग्रह

Date:

पर्सा पोस्ट, कार्तिक ११ गते, वीरगञ्ज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जबाट नाफा आर्जन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम वीरगञ्जकै सामाजिक तथा विकासमूलक कार्यमा खर्च गर्न आग्रह गरेका छन् ।

वीरगञ्जस्थित कन्ट्री इन होटलको सभाकक्षमा आज साँझ ‘क’ वर्गका बैंकका प्रदेश तथा शाखा प्रमुखहरूसँग भएको छलफलमा सांसद पन्तले स्थानीय समाजको आवश्यकता पूरा गर्न बैंकहरूले सामाजिक उत्तरदायित्वको रकम प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताएका हुन् ।

वीरगञ्जको आर्थिक गतिविधि, व्यापार तथा उद्योग व्यवसायबाट बैंकहरूले उल्लेख्य कारोबार र नाफा आर्जन गरिरहेको उल्लेख गर्दै उनले त्यसबाट समाजले पनि प्रत्यक्ष लाभ पाउनुपर्नेमा जोड दिए । बैंकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने रकम स्थानीय समुदायको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर परिचालन गर्न सके त्यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो ।

पन्तले निर्वाचनअघि र निर्वाचनपछि जनताको घरदैलोमा पुग्ने क्रममा सामान्य प्रयास र थोरै खर्चबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिने थुप्रै सामाजिक कामहरू देखेको बताए । तर, यस्ता काम सम्पन्न गर्न आवश्यक आर्थिक स्रोत र छुट्टै कोष सांसदहरूसँग नहुँदा कतिपय उपयोगी योजनाहरू पूरा गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे ।

स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, विपन्न समुदायको सहयोग तथा अन्य जनहितका क्षेत्रमा साना लगानीबाट पनि प्रभावकारी काम गर्न सकिने भएकाले बैंकहरूले त्यस्ता योजनामा सहकार्य गर्नुपर्ने पन्तले आग्रह गरे । सामाजिक उत्तरदायित्वको रकम केवल औपचारिकतामा सीमित नराखी वास्तविक आवश्यकता भएका समुदायसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिएका थिए ।

छलफलका क्रममा बैंकर्स संघका अध्यक्ष रोहिणी आचार्यलगायत विभिन्न बैंकका प्रदेश तथा शाखा प्रमुखहरूले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम निर्धारित क्षेत्र तथा मापदण्डअनुसार सहकार्य गर्दै सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

वीरगञ्जमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक लगानीलाई स्थानीय आवश्यकतासँग जोड्न सके समुदायले प्रत्यक्ष लाभ लिन सक्ने र निजी क्षेत्रप्रति जनविश्वाससमेत बढ्ने अपेक्षा गरिएको छ ।

नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ मा निश्चित मापदण्ड पूरा गरेका उद्योग तथा प्रतिष्ठानले आफ्नो वार्षिक खुद मुनाफाको एक प्रतिशत रकम कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तो रकम सामाजिक, वातावरणीय तथा विकासमूलक गतिविधिमा परिचालन गर्ने उद्देश्य राखिएको छ । सम्बन्धित संस्था तथा क्षेत्रको लागू हुने कानुनी मापदण्डअनुसार सीएसआर रकमको परिचालन हुनुपर्ने व्यवस्था छ ।

छलफलमा नेपाल एसबीआई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक तथा ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुखहरू सहभागी थिए । त्यस्तै, प्राइम बैंक, हिमालयन बैंक, नबिल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकका वीरगञ्जस्थित प्रमुखहरूको पनि उपस्थिति थियो ।

कृष्ण पासवानले सहजीकरण गरेको उक्त छलफलमा रास्वपाका क्षेत्रीय सभापति तेज सम्शेर जबरा, उपसभापति किशोर यादव, सचिव सुदिस प्रजापति, महमादिन आलम तथा सम्साद आलमको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिएका छौँ, इन्डिया कार्ड र चाइना कार्डमा विश्वास गर्दैनौँ : सांसद हरि पन्त

पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

छपकैयाको व्यवस्थित थोक बजारमा जान वीरगंज महानगरको २१ दिने अल्टिमेटम, सडकमा थोक कारोबार गर्न रोक

पर्सा पोस्ट, कार्तिक १३ गते, वीरगंज । वीरगंज महानगरपालिकाले सडक...