वडा नं. २ का समस्या समाधान गर्न सांसद हरि पन्तद्वारा प्रतिबद्धता

Date:

पर्सा पोस्ट, कार्तिक १२ गते, वीरगञ्ज।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयास्थित संसारिमाई मन्दिर अगाडि स्थानीयवासीसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। वडा नं. २ का बुथ सभापति सम्साद आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपा पर्साका जिल्ला सभापति एवं पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा सांसद पन्तले स्थानीयवासीका समस्या, गुनासा तथा वडामा देखिएका विभिन्न चुनौतीबारे सम्बोधन गर्नुभएको थियो। उहाँले जनताका समस्या सुन्ने, तिनको वास्तविक अवस्था बुझ्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले यस्ता भेटघाट तथा छलफल कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो।
स्थानीयस्तरमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै सांसद पन्तले स्थानीय नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नु आफ्नो दायित्व भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उठाइएका समस्या र सुझावले वडा नं. २ को विकास, सेवा प्रवाह तथा स्थानीय जनताका सरोकारका विषयमा थप पहल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रास्वपा पर्साले स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र गुनासा सुन्ने तथा समाधानका लाइगि आवश्यक पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिएका छौँ, इन्डिया कार्ड र चाइना कार्डमा विश्वास गर्दैनौँ : सांसद हरि पन्त

पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...