विदेशीको इशारामा सरकार चलेको प्रचण्डको आरोप, कम्युनिष्ट एकतामा जोड

Date:

पर्सा पोस्ट, असोज १४ गते , वीरगञ्ज ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विदेशीहरूको इशारामा चलिरहेको आरोप लगाएका छन्। उनले देशको राजनीतिक अवस्था असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका लागि कम्युनिष्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

बुधबार वीरगञ्जमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता समायोजन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सरकार जनताको हितभन्दा पनि विदेशी शक्तिको प्रभावमा परेर अघि बढिरहेको आरोप लगाए।

उनले २०८२ साल भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घटनालाई स्मरण गर्दै सामाजिक सञ्जालको प्रभाव र एल्गोरिदमका कारण जनमत प्रभावित भएको धारणा व्यक्त गरे। सामाजिक सञ्जालमार्फत फैलिने भ्रमका कारण राजनीतिक दलहरूले गरेका कामसमेत जनतासमक्ष सही रूपमा पुग्न नसकेको उनको भनाइ थियो।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका कार्यक्रमलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा भ्रम सिर्जना भएको बताए। उनले आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद बढाउँदै पार्टीका नीति, कार्यक्रम र उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताए। उनले देशको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन पार्टीभित्र एकता, सहकार्य र संगठनात्मक मजबुती अपरिहार्य रहेको धारणा राखे।

नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गरे। उनले संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण र पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए।

कार्यक्रममा नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। पार्टी एकता, संगठन सुदृढीकरण, राजनीतिक परिस्थिति र आगामी निर्वाचनको तयारीलगायत विषयमा छलफल गरिएको कार्यक्रममा सहभागी नेताहरूले कम्युनिष्ट आन्दोलनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...