प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

Date:

पर्सा पोस्ट , भदौ २७ गते , वीरगञ्ज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा सञ्चालित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ओम नेसनल एकेडेमीले कुल १५० अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगितामा एसआर ग्यालेक्सी एकेडेमी १४० अंकसहित दोस्रो भएको छ। त्यसैगरी गौतम माध्यमिक विद्यालयले ७५ अंकसहित तेस्रो, लिटल एन्जेल्स स्कुलले ३५ अंकसहित चौथो तथा मास्कट एकेडेमीले ३० अंकसहित सान्त्वना स्थान हासिल गरेका छन्।

जुनियरतर्फ आयोजित प्रतियोगितामा कुल २९ विद्यालयको सहभागिता रहेको थियो। विभिन्न समूहमा सञ्चालन गरिएका क्वालिफिकेसन राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेका पाँच विद्यालय फाइनलमा प्रवेश गरेका थिए। फाइनलमा सहभागी विद्यालयका विद्यार्थीहरूले विभिन्न ज्ञानमूलक प्रश्नहरूको सामना गर्दै आफ्नो बौद्धिक क्षमता, तर्कशक्ति र आत्मविश्वास प्रदर्शन गरेका थिए।

पुरस्कार वितरण समारोह सम्पन्न

फाइनल प्रतियोगितापश्चात् आयोजित पुरस्कार वितरण समारोह प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो।

समारोहमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव तथा प्याब्सन वीरगन्जका नगर सदस्य विजय बललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित पदाधिकारीहरूले विजेता तथा उपविजेता विद्यालयका विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। सहभागी विद्यार्थीहरूको उत्साहजनक प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा बौद्धिक प्रतियोगितामा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गरिएको थियो।

वीरगन्जको ज्योतिनगरस्थित लिटल एन्जेल्स स्कुलमा सम्पन्न कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक सन्नी पाख्रिन, प्याब्सन वीरगन्जका अध्यक्ष सुरज बाबु पटेललगायतको पनि उपस्थिति रहेको थियो।

विद्यार्थीको प्रतिभा विकासमा जोड

प्रतियोगिताको क्विज सञ्चालन प्याब्सन वीरगन्जका सचिव अमित आलोकले गर्नुभएको थियो। हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूमा सामान्य ज्ञान, तर्कशक्ति, आत्मविश्वास, समूहगत सहकार्य तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएको छ।

विद्यालय तहमा आयोजना गरिने यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर समसामयिक विषयवस्तु, विविध जानकारी तथा व्यावहारिक सोचको विकास गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ। प्याब्सन स्मार्ट माइन्ड्समार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान, प्रोत्साहन र बौद्धिक क्षमता अभिवृद्धिमा निरन्तर योगदान पुर्‍याउने उद्देश्य रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...