मासु पसलमा अब छालासहितको मासु बिक्री गर्न नपाइने, उल्लंघन गरे १ लाखसम्म जरिवाना

Date:

पर्सा पोस्ट , भदौ ०३ गते , काठमाडौं ।
सरकारले मासु तथा मासुजन्य पदार्थको स्वच्छता, गुणस्तर र उपभोक्ता स्वास्थ्यलाई ध्यानमा राख्दै मासु पसल तथा वधशालाका लागि नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ। प्रस्तावित नयाँ नियमअनुसार अब मासु जाँच नगरी पसलमा राखेर बिक्री गर्न पाइने छैन भने छालासहितको मासु बिक्रीमा समेत रोक लगाइने भएको छ।

नयाँ व्यवस्थाअनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। रोगी वा अस्वस्थ पशु वध गरी त्यसको मासु बिक्री गर्न तथा आफैं मरेको पशुको मासु बिक्री वा उपभोगका लागि राख्नसमेत निषेध गरिनेछ।
पशु वध गरिसकेपछि पनि मासुको परीक्षण गर्नुपर्नेछ। परीक्षणबाट खान योग्य ठहरिएको मासुमा आधिकारिक छाप वा चिन्ह लगाइने व्यवस्था गरिनेछ। यसरी आधिकारिक परीक्षणबाट योग्य प्रमाणित भएको मासु मात्रै उपभोक्तालाई बिक्री गर्न पाइनेछ।

त्यस्तै, जथाभावी मासु भाग लगाएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। खसीको मासु भन्दै बोका वा बाख्राको मासु तथा एउटा पशुको मासु भन्दै अर्कै पशुको मासु बिक्री गरेको पाइएमा समेत कारबाही गरिनेछ।

सरकारले मासु पसल तथा वधशालाको अनुगमनका लागि निरीक्षकसमेत खटाउने तयारी गरेको छ। निरीक्षकले जुनसुकै बेला मासु पसल तथा वधशालामा पुगेर सरसफाइ, मासु राख्ने तरिका, वध प्रक्रिया तथा मासुको गुणस्तर जाँच गर्न सक्नेछन्।

# उल्लंघन गरे जरिवाना र कैद:
नयाँ नियमअनुसार स्वास्थ्य परीक्षण नगरी पशु वध गरेमा वा रोगी पशुको मासु बिक्री गरेको पाइएमा ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। सोही गल्ती दोहोरिएमा १० हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

गुणस्तरहीन वा नराम्रो मासु बिक्री गरेको पाइएमा भने १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
धार्मिक तथा सांस्कृतिक कार्यमा भने छुट

यद्यपि, पहिले देखि चलिआएको धार्मिक कार्य, पूजाआजा तथा भोजभतेरजस्ता परम्परागत कार्यक्रमका लागि भने छालासहितको मासु काट्न तथा उपभोग गर्न पाउने व्यवस्था रहनेछ।
सरकारले यो नियम मंसिर १ गतेदेखि क्रमशः देशभर लागू गर्ने तयारी गरेको छ। नयाँ व्यवस्थाले मासुको स्वच्छता कायम गर्नुका साथै उपभोक्तालाई स्वस्थ तथा गुणस्तरीय मासु उपलब्ध गराउने अपेक्षा गरिएको छ।

# नयाँ नियमका मुख्य बुँदा :
मासु परीक्षण नगरी पसलमा राखेर बिक्री गर्न नपाइने।
जथाभावी मासु भाग लगाएर बिक्री गर्न नपाइने।
पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण अनिवार्य हुने।
रोगी वा अस्वस्थ पशु काटेर मासु बिक्री गर्न नपाइने।
आफैं मरेको पशुको मासु बिक्री वा उपभोगका लागि राख्न नपाइने।
वधपछि पनि मासुको गुणस्तर परीक्षण गर्नुपर्ने।
खान योग्य मासुमा आधिकारिक छाप वा चिन्ह लगाइने।
एउटा पशुको नाममा अर्कै पशुको मासु बिक्री गरे कारबाही हुने।
मासु पसल तथा वधशालामा निरीक्षकले जुनसुकै बेला अनुगमन गर्न सक्ने।
गुणस्तरहीन मासु बिक्री गरे १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने।
स्वास्थ्य परीक्षण नगरी पशु वध गरे वा रोगी पशुको मासु बेचे ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने।
दोहोरिएमा १० हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुन सक्ने।
धार्मिक, पूजाआजा तथा परम्परागत भोजभतेरमा छालासहितको मासु प्रयोग गर्न पाउने।
नियम मंसिर १ गतेदेखि क्रमशः देशभर लागू गरिने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...