राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

Date:

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज।
वीरगञ्जमा पछिल्लो समय देखिएको रगत अभावलाई मध्यनजर गर्दै राउन्ड टेबल नेपाल, वीरगञ्ज र रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले संयुक्त रूपमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रमबाट ५८ युनिट रगत संकलन भएको छ।

शनिबार घण्टाघरस्थित स्वर्गीय तिवारी बाबाको सालिक परिसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू, समाजसेवी तथा स्वयंसेवी संस्थाका प्रतिनिधिहरूले उत्साहपूर्वक रक्तदान गर्दै मानव सेवाप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।

रक्तदान गर्नेहरूमा देवनाथ राय, सगुनकुमार सिंह, अफरोज अन्सारी, कृष्णमोहन यादव, सन्जोग थापा, शक्ति श्रेष्ठ, सहिम राउत गद्दी, राहुल महतो लगायत ५८ जना रक्तदाता सहभागी भएका थिए।

कार्यक्रम राउन्ड टेबल नेपाल, वीरगञ्जका अध्यक्ष सुमित मित्तल तथा रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, समाजसेवी दिनानाथ रौनियार, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी राजेन्द्र भट्टराई, सञ्चारकर्मी आकाश पटेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुमित मित्तलले राउन्ड टेबल नेपाल सधैं मानव सेवालाई प्राथमिकतामा राखेर सामाजिक कार्यमा सक्रिय रहेको उल्लेख गर्दै रगत अभावका कारण बिरामीले दुःख पाउने अवस्था सिर्जना भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानले दातालाई कुनै हानि नहुने तर एक जनाको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रत्येक स्वस्थ व्यक्तिले तीन–तीन महिनामा नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए।

रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवले पछिल्ला दुई महिनादेखि वीरगञ्जमा रगतको अभाव बढ्दै गएको भन्दै त्यसलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदाताहरूलाई समाजका वास्तविक नायकको संज्ञा दिँदै सबैप्रति आभार व्यक्त गरे। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने राउन्ड टेबल नेपाल परिवार, रोट्याक्ट क्लबका सदस्य तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे।

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले रक्तसञ्चार केन्द्रमा रगत अभावका कारण नारायणी अस्पतालसहित विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई समस्या भइरहेको अवस्थामा आयोजित रक्तदान कार्यक्रम अत्यन्त प्रशंसनीय रहेको बताए। उनले रक्तदाता नै समाजका सच्चा नायक भएको उल्लेख गर्दै आफ्नो अमूल्य रगत दान गरेर कसैको जीवन बचाउने कार्यभन्दा ठूलो मानव सेवा अर्को हुन नसक्ने धारणा व्यक्त गरे। उनले स्वस्थ नागरिकलाई नियमित रक्तदान गरी मानवता बलियो बनाउन आग्रह पनि गरे।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा रहेको प्राविधिक तथा स्वयंसेवक टोलीले रक्त संकलन तथा स्वास्थ्य परीक्षणको व्यवस्थापन गरेको थियो।

आयोजकका अनुसार समाजमा रगतको अभाव हुन नदिन यस्ता मानवीय तथा जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। रक्तदानप्रति युवाहरूको उल्लेखनीय सहभागिताले सामाजिक उत्तरदायित्व र मानव सेवाप्रतिको सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...