सामुदायिक सेवामा योगदान पुर्‍याएको भन्दै डा. पुरुषोत्तम दुबे सम्मानित

Date:

पर्सा पोस्ट , साउन १७ गते , वीरगञ्ज, पर्सा।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र (श्रीपुर, मुर्ली, वीरगञ्ज–११) द्वारा आयोजित वनभोज कार्यक्रमको अवसरमा संस्थाका वरिष्ठ सल्लाहकार एवं समाजसेवी डा. पुरुषोत्तम दुबे सम्मानित हुनुभएको छ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सर्राफले डा. दुबेलाई उहाँले समाज तथा समुदायको हितमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको हो।

डा. दुबे लामो समयदेखि सामुदायिक सेवा केन्द्रसँग आबद्ध रहँदै विभिन्न सामाजिक तथा जनचेतनामूलक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको नेतृत्व तथा सहभागितामा रक्तदान कार्यक्रम, निःशुल्क आँखा शिविर, सरसफाइ अभियान, स्वास्थ्य तथा सामाजिक सचेतना कार्यक्रमलगायत घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, मानव बेचबिखन, लागूऔषध दुर्व्यसन तथा अन्य सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने अभियानहरू सञ्चालन हुँदै आएका छन्।
सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राम सर्राफले समाजमा सकारात्मक परिवर्तन ल्याउन डा. दुबेले पुर्‍याउनुभएको योगदान प्रेरणादायी रहेको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर निरन्तर सेवा गरिरहेका व्यक्तिहरूको सम्मानले समाजसेवाप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

सम्मान ग्रहणपछि डा. पुरुषोत्तम दुबेले प्राप्त सम्मानलाई अझ ठूलो जिम्मेवारीका रूपमा लिएको बताउँदै आगामी दिनमा पनि सामुदायिक सेवा, सामाजिक सचेतना अभिवृद्धि तथा मानवीय सेवाका अभियानहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वनभोज कार्यक्रममा संस्थाका पदाधिकारी, सामुदायिक प्रहरी, समाजसेवी, स्थानीय बुद्धिजीवी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सम्मान कार्यक्रमले समाजसेवामा समर्पित व्यक्तिहरूको मनोबल उच्च बनाउने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...