बीबीएस परीक्षामा हरिखेतान बहुमुखी कलेजकी अञ्जली नेपालभर तेस्रो , सामुदायिक क्याम्पसतर्फ प्रथम

Date:

पर्सा पोस्ट ,  साउन ११ गते , वीरगञ्ज ।
हरिखेतान बहुमुखी कलेज, वीरगञ्जकी छात्रा अञ्जली कुमारी गुप्ताले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित स्नातक तहको बीबीएस (Bachelor of Business Studies) परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेकी छन्।

यससँगै अञ्जलीले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। उनको यो उल्लेखनीय उपलब्धिले हरिखेतान बहुमुखी कलेजको शैक्षिक उत्कृष्टतालाई राष्ट्रिय स्तरमा स्थापित गर्नुका साथै पर्सा जिल्लाको शैक्षिक प्रतिष्ठासमेत उच्च बनाएको छ।

कलेज प्रमुख किशोरी रायका अनुसार यस वर्ष त्रिभुवन विश्वविद्यालयसँग आबद्ध नेपालभरका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै समग्र कलेजतर्फ नेपालमै प्रथम स्थान कायम गरेको हो। उनले यो सफलता गुणस्तरीय शिक्षण, दक्ष तथा अनुभवी शिक्षक, अनुशासित शैक्षिक वातावरण र विद्यार्थीहरूको निरन्तर मेहनतको प्रतिफल भएको बताए।

उनले आगामी दिनमा पनि कलेजले शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीहरूको क्षमता विकास, अनुसन्धानमुखी अध्ययन तथा व्यवहारिक शिक्षामा कलेजले विशेष जोड दिँदै आएको उनको भनाइ छ।

यसैबीच हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले अञ्जली कुमारी गुप्तालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनले कलेजको गौरव बढाउने यस ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरी अञ्जलीलाई औपचारिक रूपमा सम्मान गरिने जानकारी दिए।

अञ्जलीको सफलतालाई मेहनत, अनुशासन, लगनशीलता र गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ। कलेज प्रशासन, सञ्चालक समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले उनको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना दिएका छन्।

स्थानीय शैक्षिक क्षेत्रका जानकारहरूले अञ्जलीको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई सामुदायिक क्याम्पसहरूको गुणस्तरीय शिक्षाप्रतिको विश्वासलाई थप मजबुत बनाएको बताएका छन्। यस उपलब्धिले पर्सा जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...