लायन्स डिस्ट्रिक्ट ३२२ ई को ‘आरोहण’ समारोह सम्पन्न, रक्सौलका बिमल सर्राफ र साइमन रेक्स सम्मानित

Date:

पर्सा पोस्ट , साउन ०९ गते, रक्सौल (पूर्वी चम्पारण)।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई को नयाँ लायनिस्टिक वर्ष २०२६–२७ को औपचारिक शुभारम्भस्वरूप आयोजित स्थापना समारोह ‘आरोहण’ भारतको राजधानी पटनास्थित ताज होटलमा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। समारोहमा भारतका विभिन्न राज्यका साथै विदेशबाट आएका लायन्स पदाधिकारी, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहको अध्यक्षता लायनिस्टिक वर्ष २०२६–२७ की डिस्ट्रिक्ट गभर्नर लायन संगीता नन्दाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा केन्याबाट आउनुभएका लायन्स क्लब इन्टरनेशनल (२०२६–२७) का प्रथम अन्तर्राष्ट्रिय उपाध्यक्ष लायन डा. मनोज शाह तथा उहाँकी धर्मपत्नी लायन जेना शाह सहभागी हुनुभएको थियो। कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन बी.के. लुथरा, बिहार सरकारका उपमुख्यमन्त्री विजय कुमार चौधरी, डा. झा, बिमल जैन लगायत पूर्व तथा वर्तमान गभर्नरहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा लायन्स क्लब अफ रक्सौलका वरिष्ठ सदस्य लायन बिमल सर्राफ तथा लायन साइमन रेक्सलाई एलसीआईएफ (Lions Clubs International Foundation) मा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै ‘एप्रिसिएसन अवार्ड’ प्रदान गरिएको थियो। उक्त सम्मानले रक्सौल लायन्स क्लबका सदस्यहरूमा उत्साह र गौरवको भावना थप बलियो बनेको बताइएको छ।

समारोहमा लायन अविनाश चौधरीले प्रथम उपडिस्ट्रिक्ट गभर्नर तथा लायन गीता शर्माले द्वितीय उपडिस्ट्रिक्ट गभर्नरका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। साथै डिस्ट्रिक्टका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि प्रमुख अतिथि लायन डा. मनोज शाहले शपथ गराउनुभएको थियो। शपथ ग्रहण समारोहले सेवा, नेतृत्व, पारदर्शिता र संगठनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

प्रमुख अतिथि डा. मनोज शाहले आफ्नो सम्बोधनमा लायन्स आन्दोलनको मूल भावना मानव सेवा रहेको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै सदस्य एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सेवा, सहकार्य र नेतृत्वमार्फत समुदायमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो।

समारोहमा लायन्स क्लब अफ रक्सौलका पूर्व अध्यक्ष लायन बिमल सर्राफ, लायन नारायण रुंगटा तथा पूर्व कोषाध्यक्ष लायन अमित कुमारको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी क्लबका पूर्व अध्यक्ष लायन साइमन रेक्स र पूर्व सचिव लायन मोहम्मद निजामुद्दीनले पनि डिस्ट्रिक्ट क्याबिनेटमा स्थान बनाउन सफल हुनुभएको छ। यसले रक्सौल लायन्स क्लबको सक्रियता, नेतृत्व क्षमता र संगठनभित्रको प्रभावशाली उपस्थितिलाई थप पुष्टि गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको अन्त्यमा आयोजक समितिले सम्पूर्ण अतिथि, पदाधिकारी तथा सहभागी सदस्यहरूप्रति आभार व्यक्त गरेको थियो। सहभागीहरूले ‘आरोहण’ समारोहले नयाँ लायनिस्टिक वर्षका लागि सेवा, समर्पण, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रेरणा दिएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...