श्राद्धकार्यका लागि अति विपन्न परिवारलाई समाजसेवी वृजेश्वर चौधरीद्वारा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग

Date:

पर्सा पोस्ट, साउन ०८ गते, वीरगञ्ज ।
पर्साको जगरनाथपुर गाउँपालिका–३ निवासी एक अति विपन्न तथा असहाय परिवारलाई श्राद्धकार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समाजसेवी वृजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका छन्।

आर्थिक अभावका कारण स्वजनको श्राद्धकार्यसमेत सम्पन्न गर्न कठिनाइमा परिरहेको परिवारको अवस्थाबारे जानकारी पाएपछि चौधरीले आफ्नो व्यक्तिगत पहलमा दुई बोरा चामल, एक बोरा चिउरा, तीन प्याकेट ग्लास तथा पाँच प्याकेट प्लेट उपलब्ध गराएका हुन्। प्राप्त सहयोगले शोकमा रहेको परिवारलाई ठूलो राहत मिलेको स्थानीयवासीले बताएका छन्।

सहयोग हस्तान्तरणका क्रममा समाजसेवी चौधरीले दुःखको घडीमा साथ दिनु नै साँचो मानवता भएको उल्लेख गर्दै समाजका विपन्न, असहाय तथा समस्यामा परेका परिवारलाई सक्दो सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। उनले आगामी दिनमा पनि यस्ता मानवीय तथा सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीका अनुसार वृजेश्वर प्रसाद चौधरी विगत लामो समयदेखि गरिब, विपन्न, असहाय तथा दुःखमा परेका सयौं व्यक्ति र परिवारलाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री, स्वास्थ्य उपचारलगायत विभिन्न क्षेत्रमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन्। उनको सेवाभाव, परोपकारी सोच र सामाजिक उत्तरदायित्वप्रति स्थानीय समुदायले उच्च सम्मान र प्रशंसा व्यक्त गर्दै आएको छ।

सहयोग प्राप्त परिवारले कठिन परिस्थितिमा साथ दिएकोमा समाजसेवी चौधरीप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आफूहरूलाई ठूलो हौसला र राहत मिलेको प्रतिक्रिया दिएको छ।

यसैबीच, सहयोग कार्यक्रममा उपस्थित स्थानीयवासी तथा शुभेच्छुकहरूले स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् तथा शोकसन्तप्त परिवारलाई यस दुःख सहने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए।

स्थानीय समाजमा मानवीय सेवाको उदाहरणका रूपमा गरिएको यस सहयोगले विपन्न तथा असहाय परिवारप्रति सहयोगी भावना अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...