सामुदायिक – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण , ‘ चोरी न्यूनीकरणमा समुदायको भूमिका अपरिहार्य

Date:

पर्सा पोस्ट, साउन ०८ गते, कावासोती ।
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्दै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी निरीक्षक मुरारी प्रसाद गुप्ताले चोरी नियन्त्रणका लागि अपनाउनुपर्ने प्रभावकारी उपाय, व्यक्तिगत तथा सामुदायिक सुरक्षा सतर्कता, शंकास्पद गतिविधिको निगरानी तथा समयमै प्रहरीलाई सूचना उपलब्ध गराउने विषयमा प्रशिक्षण दिएका थिए।

 

उनले चोरीका घटना न्यूनीकरण प्रहरीको मात्र प्रयासले सम्भव नहुने स्पष्ट पार्दै समुदाय र जनताको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताए। प्रहरी–जनता साझेदारी (Police–Public Partnership) लाई अझ प्रभावकारी बनाएर मात्र समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने उनको भनाइ थियो।

प्रहरी निरीक्षक गुप्ताले समुदायका प्रत्येक नागरिक सुरक्षा अभियानका साझेदार भएको उल्लेख गर्दै चोरी, आपराधिक गतिविधि तथा सामाजिक विकृति नियन्त्रणका लागि सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले समयमै सूचना आदान–प्रदान, आपसी विश्वास, पारस्परिक सहकार्य तथा सामुदायिक निगरानी प्रणालीलाई सुदृढ बनाउन सके चोरीका घटनामा उल्लेखनीय कमी ल्याउन सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले पनि समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको प्रयासलाई नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताए। उनीहरूले अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि समुदाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिकबीच समन्वय र सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
सहभागीहरूले यस्ता जनचेतनामूलक तथा सुरक्षा अभिमुखीकरण कार्यक्रमले नागरिकमा सुरक्षा सचेतना बढाउनुका साथै प्रहरीप्रतिको विश्वास र सहकार्यलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा यस्ता सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्दै सुरक्षित, अपराधमुक्त र सचेत समाज निर्माणका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा सहभागीहरूले प्रतिबद्धता जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...