डिएसपी चक्र मल्लद्वारा मानवसेवा आश्रमको अवलोकन , भोजन सेवामा सहयोग गर्दै सहकार्यको प्रतिबद्धता

Date:

पर्सा पोस्ट , साउन ०७ गते, वीरगञ्ज।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लले वीरगञ्ज महानगरपालिका–२५, सिर्सियास्थित मानवसेवा आश्रम (सिर्सिया शाखा) को अवलोकन गर्नुका साथै आश्रममा आश्रित व्यक्तिहरूका लागि बेलुकाको भोजन सेवामा सहभागी भई सहयोग गर्नुभएको छ।

मानवसेवा आश्रमका अनुसार डीएसपी मल्लले आश्रमको निरीक्षण गर्दै त्यहाँ सञ्चालित उद्धार, संरक्षण, उपचार, पुनःस्थापना तथा सामाजिक पुनर्मिलनलगायतका गतिविधिबारे जानकारी लिनुभएको थियो। उहाँले सडक आश्रित, असहाय, बेवारिसे तथा परिवारबाट विच्छेद भएका नागरिकहरूको संरक्षण र सम्मानजनक जीवनयापनका लागि आश्रमले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो।
अवलोकनका क्रममा डीएसपी मल्लले आश्रममा आश्रित व्यक्तिहरूसँग आत्मीय भेटघाट गरी उनीहरूको अवस्था, आवश्यकता तथा दैनिक जीवनशैलीबारे जानकारी लिनुभएको थियो। त्यसपछि उहाँले बेलुकाको भोजन सेवा कार्यक्रममा सहभागी भई आफ्नै हातले भोजन वितरण गर्दै मानवीय सेवाप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गर्नुभयो।

उहाँले समाजका असहाय र बेसहारा नागरिकहरूको संरक्षण राज्य, सुरक्षा निकाय र समुदाय सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता मानवीय अभियानमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो। आगामी दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको तर्फबाट आवश्यक सहयोग, समन्वय तथा सहकार्यका लागि आफू सदैव सकारात्मक रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको मानवसेवा आश्रमले जनाएको छ।

आश्रमले डीएसपी मल्लको आत्मीयता, सद्भाव र भोजन सेवामा पुर्‍याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय सहकार्यले सेवाको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

उक्त कार्यक्रममा मानवसेवा आश्रमका देवेश गुप्ता, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी ओम झा, प्रधुमन सरार्फलगायत समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मानवसेवा आश्रमले विगतदेखि नै सडक आश्रित, असहाय, बेवारिसे, मानसिक रूपमा अस्वस्थ तथा परिवारबाट विच्छेद भएका नागरिकहरूको उद्धार, संरक्षण, उपचार, पुनःस्थापना र परिवारसँग पुनर्मिलन गराउने अभियान सञ्चालन गर्दै आएको छ। स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सहयोगी मनहरूको सहकार्यबाट आश्रमले मानवीय सेवाको दायरा विस्तार गर्दै समाजमा मानवताको सन्देश प्रवाह गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...