रक्सौलमा संस्कृति सप्ताह अन्तर्गत भब्य मेहन्दी प्रतियोगिता हुँदै

Date:

पर्सा पोस्ट , साउन  ०७ गते, रक्सौल।
भारतीय संस्कृति, कला तथा संस्कारको संरक्षण र प्रवर्द्धनमा सक्रिय भारत विकास परिषद्, शाखा–रक्सौलले संस्कृति सप्ताहअन्तर्गत भव्य मेहन्दी प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी जुलाई २६ (आइतबार) बिहान १०:०० बजे बैंक रोडस्थित श्री सत्यनारायण मारवाडी पंचायती मन्दिर परिसरमा आयोजना गरिनेछ। कार्यक्रम न्यु परिधान तथा छवि सैलुन, रक्सौलको सहयोगमा सञ्चालन हुनेछ।

परिषद्की महिला सहभागिता प्रमुख मेनका गुप्ता, संस्कार संयोजक नीतेश कुमार सिंह तथा कार्यक्रम संयोजक अजय कुमारले संयुक्त रूपमा दिएको जानकारीअनुसार प्रतियोगितामा रक्सौलका विभिन्न विद्यालयका छात्रा तथा महिलाहरूको सहभागिता रहनेछ। प्रतियोगितामार्फत बालिका तथा महिलालाई मेहन्दी कलाका माध्यमबाट आफ्नो सिर्जनशीलता, कलात्मक क्षमता र भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ।
शाखा अध्यक्ष रजनीश प्रियदर्शीले शिक्षा मात्र नभई कला, संस्कृति र सिर्जनात्मक गतिविधि पनि व्यक्तित्व विकासका महत्वपूर्ण आधार भएको बताए। यस्ता प्रतियोगिताले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भारतीय सांस्कृतिक मूल्यप्रति आकर्षण र सम्मान बढाउने विश्वास व्यक्त गर्दै परिषद्ले हरेक वर्ष संस्कृति सप्ताहअन्तर्गत यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई प्रतीकचिन्ह, सहभागिता प्रमाणपत्र तथा पदक प्रदान गरिनेछ।

परिषद्का सेवा संयोजक तथा मिडिया प्रभारी बिमल कुमार सर्राफले परिषद्को उद्देश्य प्रतियोगिता आयोजना गर्नु मात्र नभई समाजमा भारतीय संस्कृति, संस्कार तथा परम्परागत कलाप्रति सम्मान र जनचेतना अभिवृद्धि गर्नु रहेको बताए। उनका अनुसार मेहन्दी प्रतियोगिताले स्थानीय बालिका तथा महिलालाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सशक्त मञ्च प्रदान गर्नुका साथै भारतीय सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक छात्रा तथा महिलाले ९४३१६१६३९०, ७९०३०१०५३८, ८७५७२२९८५०, ७३५२५५२६५५, ९४७०८४३४८९, ६२०२८४१३९९ र ७९९२२४९९९१ नम्बरमा सम्पर्क गरी निःशुल्क दर्ता गराउन सक्ने परिषद्ले जनाएको छ।

यस सम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...