नेपाली सस्कृतिको झल्कोसँगै माहेर ममता निवास उद्घाटन समारोह सम्पन्न

Date:

पर्सा पोस्ट, असार ३० गते, रक्सौल , पुर्बीचम्पारण ।
माहेर ममता निवासको नवनिर्मित भवन उद्घाटन समारोहमा सेवा, संस्कार र मानवीय संवेदनासँगै भारत–नेपालको साझा सांस्कृतिक सम्पदाको मनमोहक झल्को देख्न पाइयो।

समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीकी अध्यक्ष तथा समाजसेवी लायन पिया सिंह र संयुक्त सचिव तथा समाजसेवी लायन प्रसिद्धि आनन्द सिंहले नेपाली संस्कृतिको गौरवशाली परम्परालाई आत्मसात गर्दै माहेर ममता निवास, रक्सौलकी संस्थापक निर्देशक सिस्टर लुसी कुरियन, अध्यक्ष डा. प्रदीप शर्मा, सचिव डा. निकोला पवार, सदस्यहरू हिराबेगम मुल्ला, अनिरुद्ध गडनकुश, मर्सी मेन्डोन्का तथा सुश्री सिन्डिथ क्युस्टरलगायत सम्पूर्ण अतिथिहरूलाई खादा (अंगवस्त्र) र ढाका टोपी लगाएर हार्दिक स्वागत तथा सम्मान गरेका थिए।


नेपाली संस्कृतिमा खादा श्रद्धा, सम्मान, पवित्रता र सद्भावको प्रतीकका रूपमा मानिन्छ भने ढाका टोपी राष्ट्रिय गौरव, सांस्कृतिक पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा परिचित छ। अतिथिहरूलाई गरिएको यस परम्परागत सम्मानसँगै समारोहस्थल तालीको गडगडाहटले गुन्जिएको थियो भने कार्यक्रम भावनात्मक तथा सांस्कृतिक उल्लासले भरिएको देखिन्थ्यो।

यस सम्मानबाट भावविभोर बनेकी सिस्टर लुसी कुरियन तथा जर्मनीबाट आएका अतिथिहरूले लायन पिया सिंह र लायन प्रसिद्धि आनन्द सिंहप्रति बारम्बार आभार व्यक्त गरेका थिए। त्यसपछि सिस्टर लुसी कुरियनले पनि दुवै पदाधिकारीलाई अंगवस्त्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिइन्। संस्थाका केयरटेकर वीरेन्द्र कुमारले समेत नेपालबाट आएका प्रतिनिधिहरूप्रति विशेष धन्यवाद ज्ञापन गरेका थिए।

यस अवसरमा उपस्थित भारत विकास परिषद्, रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफले लायन पिया सिंह र लायन प्रसिद्धि आनन्द सिंहको यस सराहनीय पहलको मुक्तकण्ठले प्रशंसा गर्दै नेपाली संस्कृति र परम्पराअनुसार गरिएको यो सम्मान भारत–नेपालबीचको अटुट सांस्कृतिक सम्बन्ध, आत्मीयता र पारस्परिक सम्मानको प्रेरणादायी उदाहरण भएको बताएका थिए।

उहाँहरूले सेवा, समर्पण र मानवताप्रति समर्पित माहेर ममता निवासको उद्घाटन समारोहमा देखिएको यो दृश्य सहभागी सबैका लागि अविस्मरणीय बनेको उल्लेख गरेका थिए।
उक्त जानकारी भारत विकास परिषद्, रक्सौल शाखाका सेवा संयोजक एवं सञ्चार प्रभारी तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन बिमल कुमार सर्राफले दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...