भजन – किर्तन गर्ने श्रद्वालुका लागि फाइवर ट्रस्ट निर्माण : सामाजिक उत्तरदायित्वमा अग्रसर बिरगंज न्युरो एन्ड जेनेरल।हस्पिटल

Date:

पर्सा पोस्ट, असार २७ गते, बिरगञ्ज।
सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न हिस्सा बनाउँदै आएको बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलले बिरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा नियमित रूपमा भजन–कीर्तन गर्ने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि फाइबर ट्रस्ट निर्माण गरी हस्तान्तरण गरेको छ।
पशुपतिनाथ मन्दिर सत्सङ्ग समितिका अध्यक्ष तपसी पासवानको विशेष आग्रह तथा स्थानीय श्रद्धालुहरूको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त ट्रस्टले अब भजन–कीर्तनमा सहभागी हुने भक्तजनलाई घाम, वर्षा तथा अन्य प्रतिकूल मौसमबाट सुरक्षित राख्दै सहज वातावरणमा धार्मिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

पशुपतिनाथ मन्दिर परिसरभित्र रहेको हनुमान मन्दिरअगाडि हरेक शनिबार करिब २५ देखि ३० जना महिला तथा पुरुष श्रद्धालु भक्तजन भेला भई नियमित रूपमा भजन–कीर्तन गर्ने गर्दछन्। ट्रस्ट निर्माणपछि उनीहरूलाई धार्मिक कार्यक्रममा सहभागी हुन थप सहज, सुरक्षित र व्यवस्थित वातावरण प्राप्त भएको सत्सङ्ग समितिका अध्यक्ष तपसी पासवानले बताए।

ट्रस्ट निर्माणमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै पशुपतिनाथ मन्दिर सत्सङ्ग समितिले बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलका सञ्चालक तथा वरिष्ठ न्युरो सर्जन डा. श्याम बाबु प्रसादलाई दोसल्ला ओढाई सम्मान गरेको थियो।
सम्मान कार्यक्रममा हस्पिटलका प्रशासक सुमन कार्की, बिन्देश्वर यादव, सत्सङ्ग समितिका पदाधिकारी, स्थानीय समाजसेवी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अवसरमा समितिका पदाधिकारीहरूले हस्पिटलले स्वास्थ्य सेवामात्र नभई धार्मिक, सामाजिक तथा मानवीय क्षेत्रमा समेत पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता सेवामूलक तथा जनहितका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै निजी स्वास्थ्य संस्थाप्रतिको जनविश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, विपन्न तथा असहाय बिरामीलाई सहयोग, धार्मिक तथा सामुदायिक गतिविधिमा सहकार्यलगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। हस्पिटल व्यवस्थापनले आगामी दिनहरूमा पनि समाज र समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै शिक्षा, स्वास्थ्य, धर्म तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

“स्वास्थ्य सेवासँगै सामाजिक सेवामा पनि सक्रिय सहभागिता” भन्ने उद्देश्यलाई आत्मसात गर्दै हस्पिटलले समाजप्रति आफ्नो दायित्व निर्वाह गरिरहेको स्थानीयवासीहरूको भनाइ छ। स्वास्थ्य उपचारको केन्द्रका रूपमा मात्र नभई सामाजिक परिवर्तन र समुदायको विकासमा साझेदार संस्थाका रूपमा हस्पिटलले आफ्नो भूमिका विस्तार गर्दै गएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...