तलब विवादपछि बिरगंज महानगरको आन्दोलन स्थगित , वार्तापछि कर्मचारी काममा फर्किए

Date:

पर्सा पोस्ट  , असार २५ गते , वीरगञ्ज ।
बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि सुरु गरेको आन्दोलन कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहल र मध्यस्थतापछि स्थगित भएको छ। आन्दोलनका कारण केही समय प्रभावित बनेको महानगरको सेवा प्रवाह त्रिपक्षीय छलफलपछि पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा तथा आन्दोलनरत कर्मचारीबीच भएको वार्तामा सहमति जुटेपछि कर्मचारीहरू कार्यस्थलमा फर्किएका हुन्। सहमतिअनुसार हालका लागि एक महिनाको तलब निकासा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइने भएको छ।

स्थानीय निकाय कर्मचारी संघ (एमाले निकट) वीरगञ्ज महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको तलब तत्काल उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा केही समय महानगरको दैनिक प्रशासनिक कामकाज प्रभावित बनेको थियो।

कार्यवाहक नगर प्रमुख आलमले कर्मचारीहरूको मागप्रति महानगर संवेदनशील रहेको बताउँदै समस्या समाधानका लागि आफूले पहिलेदेखि नै पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले आर्थिक व्यवस्थापनका कारण केही ढिलाइ भएको भए पनि कर्मचारीहरूको तलब भुक्तानी प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो।

वार्ताका क्रममा प्रमुख प्रशासकीय अधिकृत बोहराले महानगरको आर्थिक अवस्थाबारे जानकारी गराउँदै उपलब्ध स्रोत र बजेट व्यवस्थापनका आधारमा चरणबद्ध रूपमा बाँकी तलब भुक्तानी गरिने प्रतिबद्धता जनाउनुभएको थियो।

सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको कर्मचारी पक्षले जनाएको छ। कर्मचारी नेता मुकेश गुप्ताले वार्ताबाट सकारात्मक निष्कर्ष निस्किएकाले सेवा प्रवाहलाई असर नपर्ने गरी आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो।

वीरगञ्ज महानगरपालिकामा विगत केही महिनादेखि कर्मचारीहरूको तलब भुक्तानीमा समस्या देखिँदै आएको छ। कार्यवाहक नेतृत्वले यसअघि रोकिएको केही महिनाको बक्यौता तलब भुक्तानी गरिसकेको र बाँकी रकमसमेत छिट्टै निकासा गर्ने प्रक्रिया अघि बढाइएको महानगर स्रोतले जनाएको छ।

आन्दोलन स्थगित भएसँगै महानगरका प्रशासनिक, राजस्व, सिफारिस तथा अन्य सार्वजनिक सेवाहरू पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...