प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ , ४८ बोतल कफ सिरप बरामद

Date:

पर्सा पोस्ट ,  असार २४ गते , सर्लाही ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रतिबन्धित लागूऔषधजन्य कफ सिरपसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको चेकजाँचका क्रममा ४८ बोतल प्रतिबन्धित कफ सिरप बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार असार २३ गते राति करिब ११ बजे लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय लालबन्दी बाट खटिएको संयुक्त प्रहरी टोलीले लालबन्दी नगरपालिका–१ स्थित नवलपुर चोक क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा तीन वटा मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा एउटा मोटरसाइकलको बाँया साइडको लगेजमा रातो–खैरो रंगको प्लास्टिकको झोलाभित्र लुकाइछिपाई राखिएको अवस्थामा ‘ANTI ALLERGIC’ नामक १०० एमएल क्षमताको ४८ बोतल कफ सिरप बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त कफ सिरप लागूऔषधजन्य पदार्थको सूचीमा पर्ने भएकाले नियन्त्रणमा लिइएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विकेश कुमार राम र निरोश महतो लाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी कार्यसमेत तीव्र पारिएको छ। पक्राउ परेकालाई सम्मानित सर्लाही जिल्ला अदालत बाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सिमा तथा राजमार्ग क्षेत्रमा निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...