लागू औंषध दुर्व्यसनविरुद्ध विद्यार्थीलाई सचेत बनाउदै प्रशासन र प्रहरी , बिन्दबासिनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट  , असार २३ गते  , वीरगञ्ज ।
जिल्ला प्रशासन कार्यालय पर्सा ले सञ्चालन गरेको तीन महिने लागू औषध दुर्व्यसन नियन्त्रण अभियान अन्तर्गत बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठ्ठास्थित श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालय मा सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम कृष्ण थापा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी नायब निरीक्षक संजिव तामाङ ले विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा कक्षा ९ र १० मा अध्ययनरत करिब ९४ जना विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसनका विषयमा प्रशिक्षण तथा सचेतनामूलक जानकारी प्रदान गरेका थिए।

प्रहरी नायब निरीक्षक तामाङले लागू औषधको प्रयोगबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभाव, प्रचलित कानुनी व्यवस्था तथा दण्ड–सजाय, रोकथामका उपाय र यसको नियन्त्रणमा विद्यार्थी तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए। कार्यक्रममा वृतचित्रको माध्यमबाट लागू औषध दुर्व्यसनका कारण उत्पन्न हुने सामाजिक, आर्थिक तथा स्वास्थ्य सम्बन्धी समस्याबारे समेत जानकारी दिइएको थियो।

सहभागी विद्यार्थीहरूले कार्यक्रमका क्रममा उठाएका जिज्ञासा तथा प्रश्नहरूको सम्बन्धित अधिकारीहरूले उत्तर दिँदै उनीहरूलाई सचेत, जिम्मेवार तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने नागरिकका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कार्यक्रमको उद्देश्य विद्यालय तहदेखि नै विद्यार्थीहरूमा लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै समुदाय, विद्यालय, प्रशासन र प्रहरीबीच सहकार्यलाई थप सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रम अन्त्यमा विद्यार्थीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले आफूहरूलाई लागू औषधको जोखिमबारे बुझ्न तथा त्यसबाट टाढा रहन महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...