अस्ट्रेलियामा निधन भएका पर्साका राकेश पटेलको शव नेपाल ल्याउन अभियान तीब्र

Date:

पर्सा पोस्ट  , असार २१ गते  , वीरगञ्ज ।
अस्ट्रेलियामा निधन भएका पर्सागढी नगरपालिका–७ बागेश्वरी निवासी राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। आर्थिक अभावका कारण लामो समयदेखि रोकिएको शव स्वदेश फिर्ता गर्ने अभियानमा अस्ट्रेलियामा रहेका नेपाली मधेसी समुदायका सदस्य तथा इन्जिनियर आर्यन राउत सक्रिय रूपमा जुटेका छन्।

राउतको पहलमा अस्ट्रेलियास्थित नेपाली समुदायबाट आर्थिक सहयोग संकलन, आवश्यक कानुनी प्रक्रिया तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम अघि बढाइएको छ। यस अभियानमा सिड्नीमा बसोबास गर्दै आएका Association of Nepal Terai Australia (A.N.T.A.) का पूर्वअध्यक्ष तथा RFM Facility Management का निर्देशक रञ्जित साह समेत सक्रिय रूपमा सहभागी भएका छन्। उनीहरूले राकेशको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक समन्वय र पहल गरिरहेका छन्।

इन्जिनियर आर्यन राउतका अनुसार पर्साका सांसद सुशील कानुले संसदमार्फत करिब तीन महिनादेखि अस्ट्रेलियामै रहेको राकेश पटेलको शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएको समाचारबाट आफू यस घटनाबारे जानकारीमा आएका थिए। त्यसपछि नेपालमा रहेका आफ्ना बुबा राम आर्यको सल्लाहमा उनले मृतकका बुबा बिराज पटेलसँग सम्पर्क गरी शव स्वदेश ल्याउने अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाएका हुन्।

आर्यन राउत यसअघि पनि अस्ट्रेलियामा रहेका नेपाली साथीहरूको सहयोगमा नेपालका असहाय तथा विपन्न नागरिकलाई विभिन्न मानवीय सहयोग उपलब्ध गराउँदै आएका छन्। यसपटक पनि अस्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। विदेशमा दुःखद परिस्थितिमा परेका नेपाली परिवारलाई साथ दिने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई मानवताको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।

परिवारका अनुसार राकेश पटेल सात वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। केही वर्ष त्यहाँ काम गरेपछि आफ्नै कमाइबाट दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। परिवारले दिएको जानकारीअनुसार अस्ट्रेलियामा बसाइका क्रममा उनी मानसिक तनावमा रहेको बताइएको छ।
मृतकका बुबा बिराज पटेलका अनुसार राकेश एक युवतीसँग प्रेम सम्बन्धमा थिए। पछि ती युवतीको अर्कै व्यक्तिसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि राकेशले सोधपुछ गरेका थिए। त्यसपछि ती युवतीले आफूलाई झुट्टा मुद्दामा फसाइ जेल हालिदिने धम्की दिएको र त्यसैको मानसिक तनावका कारण राकेशले आत्महत्या गरेको हुन सक्ने परिवारको आशंका छ। यद्यपि यस विषयमा स्वतन्त्र पुष्टि भने भइसकेको छैन।

मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका बिराज पटेलले छोराको शव नेपाल ल्याइदिन भन्दै काठमाडौं पुगेर सम्बन्धित निकायमा निवेदनसमेत दिएका थिए। उनले वैशाख २२ गते छोराको निधनको खबर पाएको बताए। तीन महिनासम्म शव अस्ट्रेलियामै रहँदा परिवार पीडामा रहेको भन्दै अहिले आर्यन राउतको पहलबाट प्रक्रिया अगाडि बढेकाले चाँडै शव नेपाल ल्याउन सकिने आशा व्यक्त गरेका छन्।

अभियानलाई थप प्रभावकारी बनाउन अस्ट्रेलियामा रहेका नेपाली समुदाय, विभिन्न सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूलाई आवश्यक सहयोगका लागि आह्वानसमेत गरिएको छ। अभियानमा संलग्न व्यक्तिहरूले विदेशमा समस्यामा परेका नेपाली नागरिक र परिवारलाई सहयोग गर्न सबैले मानवीय भावनासहित साथ दिनुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...