ट्राफिक प्रहरीकै अगाडि सन्चारकर्मीमाथी कुटपिट , बारा यातायात कार्यालय प्रमुखमाथी गम्भीर आरोप – ” दोषी जोसुकै भएपनि तुरुन्त कारवाही गरियोस्

Date:

पर्सा पोस्ट , असार २२ गते ,  बारा, कलैया ।
बारा जिल्लास्थित यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन आचार्यमाथि सञ्चारकर्मी अरुण कुशवाहमाथि कुटपिट गरेको गम्भीर आरोप लागेपछि घटनाले व्यापक जनआक्रोश सिर्जना गरेको छ। ट्राफिक प्रहरीकै अगाडि कार्यालय प्रमुख, कार्यालय सहयोगी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा सञ्चारकर्मीमाथि दुर्व्यवहार र कुटपिट भएको भनिएको भिडियो तथा सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको निष्पक्ष छानबिन र संलग्नमाथि अविलम्ब कारबाहीको माग तीव्र बनेको हो।

सार्वजनिक भएको भिडियोमा सेवाग्राही तथा सञ्चारकर्मीमाथि अभद्र व्यवहार भएको देखिएको भन्दै स्थानीय नागरिक, अधिकारकर्मी तथा सञ्चार क्षेत्रले घटनाको घोर भर्त्सना गरेका छन्। लोकतान्त्रिक मुलुकमा सञ्चारकर्मीमाथि सार्वजनिक स्थलमै आक्रमण हुनु केवल व्यक्तिगत दुर्व्यवहार नभई प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनमाथिकै चुनौती भएको टिप्पणी गरिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा ट्राफिक प्रहरी उपस्थित भए पनि तत्काल प्रभावकारी हस्तक्षेप नगरेको आरोप छ। सामाजिक सञ्जालमा समेत “प्रहरीले पीडितको सुरक्षा गर्नुको सट्टा प्रभावशाली व्यक्तिको संरक्षण गरेको” भन्ने आलोचना तीव्र रूपमा उठिरहेको छ। यद्यपि, घटनाबारे जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित निकायले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

यातायात व्यवस्था कार्यालय, कलैया विगत केही वर्षदेखि सेवाग्राहीमाथि दुर्व्यवहार, ढिलासुस्ती, बिचौलियाको प्रभाव तथा अनियमितताको आरोपका कारण विवादमा पर्दै आएको छ। कार्यालय प्रमुख चिन्तन आचार्यमाथि लाइसेन्स लगायतका सेवामा बिचौलियामार्फत प्रभाव जमाउने, राजनीतिक पहुँच र मन्त्रीको नाम प्रयोग गरी दबाब सिर्जना गर्ने तथा आर्थिक चलखेल हुने गरेको आरोप विभिन्न समयमा उठ्दै आएका छन्। यद्यपि, ती आरोपहरू हालसम्म कानुनी रूपमा पुष्टि भएका छैनन्।

यसैबीच, गत बिहीबार सञ्चालन गरिएको लाइसेन्स ट्रायल परीक्षाको नतिजामाथि समेत सेवाग्राहीहरूले प्रश्न उठाएका छन्। ट्रायल प्रक्रिया निष्पक्ष, पारदर्शी र मापदण्डअनुसार सञ्चालन भए–नभएको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग बढ्दै गएको छ।

घटनापछि आम सेवाग्राहीहरूमा गम्भीर निराशा देखिएको छ। “आफ्नो गुनासो राख्न जाने नागरिकमाथि नै कार्यालय प्रमुख र सुरक्षाकर्मीको अगाडि कुटपिट हुन्छ भने सर्वसाधारणले न्याय कहाँ खोज्ने ?” भन्ने प्रश्न स्थानीयले उठाइरहेका छन्।
स्थानीय नागरिक, सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले “सानालाई ऐन र ठूलालाई चैन” भन्ने अवस्थाले कानुनी शासनप्रतिको जनविश्वास कमजोर बनाइरहेको बताएका छन्। उनीहरूले गलत कार्य गर्ने व्यक्ति जोसुकै भए पनि कानुनको दायरामा ल्याइनुपर्ने र “कानुनभन्दा माथि कोही छैन” भन्ने सन्देश व्यवहारमै देखिनुपर्ने माग गरेका छन्।

नागरिक समाज, सञ्चारकर्मी तथा सेवाग्राहीहरूले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि अविलम्ब कानुनी कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै, सार्वजनिक पदमा बसेका व्यक्तिबाट हुने शक्ति दुरुपयोग, धम्की र दमनप्रति राज्य गम्भीर बन्नुपर्ने आवाजसमेत उठ्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...