घन्टाघरमा बिरगंज कपडा बैंकद्वारा ८ सय थान नि:सुल्क कपडा वितरण

Date:

पर्सा पोस्ट , असार १९ गते , वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले आफ्नो नियमित मासिक सामाजिक सेवा कार्यक्रमअन्तर्गत शुक्रबार वीरगन्जको घण्टाघरस्थित स्वर्गीय रामजनम तिवारी बाबाको सालिक परिसरमा निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ८ सय थान कपडा विपन्न, असहाय तथा आवश्यकतामा रहेका नागरिकहरूलाई वितरण गरिएको हो।

वीरगन्ज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्राका अनुसार बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट नियमित रूपमा निःशुल्क कपडा वितरण गर्दै आएको छ। मासिक विशेष कार्यक्रमअन्तर्गत घण्टाघर क्षेत्रमा समेत सेवा विस्तार गरिएको उनले बताए।

बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, सरदार जसपाल सिंह, BPS +2 कलेजका सञ्चालक दिपक पटेल, ज्ञान निकेतन स्कुलका निर्देशक किशन सिंह, समाजसेवी गौरी गुप्ता, कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी तथा घण्टाघर प्रहरी पोस्टका प्रमुख असई महेन्द्रकुमार चौधरीलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी सञ्चारकर्मी अर्जुन चौधरी, श्रीनारायण महतो, आकाश पटेल तथा बैंकका सदस्यहरू निला राम, जानकी देवी, हरेन्द्र पटेल, संजय मण्डल, नवराज भट्टराई, सन्जु साह, शिव श्रेष्ठ, सुरज श्रीवास्तव, रामेश्वर प्रसाद कलवार र कर्मचारी मिथलेश श्रीवास्तवलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले “कोही पनि नाङ्गो नरहोस्” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै वीरगन्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवा गर्दै आएको बताए। उनले बैंकले दैनिक रूपमा कार्यालयमार्फत तथा मासिक रूपमा घण्टाघर लगायत विभिन्न स्थानमा कपडा वितरण गर्नुका साथै आगलागी, बाढी जस्ता विपद्का बेला पीडितहरूको घरदैलोमै पुगेर सहयोग गर्दै आएको उल्लेख गरे।

उनले समाजका सक्षम व्यक्तिहरूले आफ्नो आम्दानीको कम्तीमा ५ देखि १० प्रतिशत हिस्सा सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्नेमा जोड दिँदै संस्थालाई सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा पदाधिकारीप्रति आभार व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष लालबाबु सिंहले कपडा बैंकको अभियानलाई निरन्तरता दिन सहयोग पुर्‍याउने सबै दाता, सल्लाहकार, शुभेच्छुक तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे। उनले विशेष रूपमा कार्यक्रममा स्पिकर तथा माइक सहयोग गरी उत्साह थप्ने BPS +2 कलेजका निर्देशक दिपक पटेलप्रति आभार प्रकट गरेका थिए।

वीरगन्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर रूपमा सामाजिक उत्तरदायित्व अन्तर्गत कपडा संकलन तथा वितरण अभियान सञ्चालन गर्दै आएको छ। संस्थाले विपन्न समुदाय, विपद् प्रभावित परिवार तथा असहाय नागरिकलाई लक्षित गर्दै सेवा कार्यलाई विस्तार गर्दै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...