नवनियुक्त ट्राफिक प्रमुखसँग ग्रिनसिटि सामुदायिक प्रहरीको परिचयात्मक कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट , असार १९ गते , वीरगञ्ज ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगञ्जको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालै सरुवा भई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत गर्दै परिचय गराइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रुगटा वेलफेयर सोसाइटीका अध्यक्ष एवं ग्रीनसिटी सामुदायिक प्रहरीका सल्लाहकार सुरेश रुगटा रहेका थिए। कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सामुदायिक प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष खेतानले ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले लामो समयदेखि सामाजिक क्षेत्रसँगै ट्राफिक व्यवस्थापनको क्षेत्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सासँग समन्वय र सहकार्य गर्दै वीरगञ्ज नगरको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। नयाँ ट्राफिक प्रमुखको आगमनसँगै परिचयात्मक कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उनले आजैदेखि सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले समुदाय र प्रहरीबीचको समन्वयले सुरक्षित, व्यवस्थित तथा अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

त्यसैगरी, प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले वीरगञ्ज तथा पर्सा जिल्लामा देखिएको ट्राफिक समस्याको समाधानका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै नागरिक, स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा सरोकारवालासँग समन्वय गरेर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, सदस्य, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...