प्रसौनी बिर्ता र सबैठवामा सडक ढलान सुरु , स्थानीयवासी उत्साहित

Date:

पर्सा पोस्ट , असार १६ गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत प्रसौनी बिर्ताको नयाँ बस्ती तथा सवैठवा टोलमा मंगलबारदेखि सडक ढलान कार्य सुरु भएको छ। दुवै सडकको शिलान्यास संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव ले गरेका हुन्।

प्रसौनी बिर्तास्थित नयाँ बस्तीमा माउन्ट हर्मन स्कुलदेखि दक्षिणतर्फ नारायण बढईको घर हुँदै शम्भु ठाकुरको घरसम्म निर्माण हुन लागेको २०० मिटर लामो तथा १० फिट चौडा सडकमा ढलान कार्य सुरु गरिएको हो। लामो समयदेखि कच्ची सडकका कारण वर्षायाममा हिलो र आवतजावतमा समस्या झेल्दै आएका स्थानीयवासी सडक निर्माण सुरु भएपछि उत्साहित बनेका छन्।

त्यसैगरी सवैठवास्थित मुख्य सडकदेखि पश्चिमतर्फ रहेको ब्रम्हबाबा मन्दिरसम्मको १७६ मिटर लामो तथा १२ फिट चौडा सडकमा पनि ढलान कार्यको शुभारम्भ गरिएको छ। धार्मिक तथा सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिने उक्त सडक निर्माणपछि मन्दिरमा पूजा–पाठ गर्न आउने भक्तजनलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै नेता यादवले पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुन लागेको दुवै सडकको काम एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। उनले विकास निर्माणका कामलाई तीव्रता दिँदै वडा नम्बर–२३ का विभिन्न टोलमा आधारभूत पूर्वाधार विस्तार गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

उनका अनुसार सडक निर्माण सम्पन्न भएपछि प्रसौनी बिर्ताको नयाँ बस्तीका स्थानीयवासी, सवैठवास्थित ब्रम्हबाबा मन्दिरमा आउने भक्तजनसहित एक दर्जनभन्दा बढी परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सडक निर्माणपछि दैनिक आवतजावत सहज हुनुका साथै एम्बुलेन्स, विद्यालय बस तथा अन्य सवारी साधन सञ्चालनमा समेत सुविधा पुग्ने विश्वास गरिएको छ।

स्थानीयवासीले सडक ढलान कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय निर्माणसहित निर्धारित समयमै काम सम्पन्न हुने अपेक्षा गरेका छन्। उनीहरूले विकास निर्माणका यस्ता योजनाले टोलको स्वरूप परिवर्तन हुनुका साथै स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...