बिरगंज महानगरको निति तथा कार्यक्रममा उपभोक्ता अधिकार समावेश , उपभोक्ता हित संरक्षण मञ्चद्वारा स्वागत

Date:

पर्सा पोस्ट , असार १० गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाको २०औँ अधिवेशन बुधबार वीरगञ्जस्थित नगर सभागृहमा सम्पन्न भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को आर्थिक नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख इम्तियाज आलमले प्रस्तुत गरेका थिए।

प्रस्तुत नीति तथा कार्यक्रमको ३५ नम्बर बुँदामा उद्योग वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च तथा उत्पादक व्यवसायीहरूबीच निरन्तर अन्तरक्रिया गरी व्यावसायिक सामाजिक जवाफदेहिताको प्रवर्द्धन गरिने उल्लेख गरिएको छ। साथै उपभोक्ता ऐन, कानुन तथा कार्यविधिलाई समेत समेटेर प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।

उक्त नीति तथा कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी विषय समावेश गरिएकोमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले स्वागत तथा धन्यवाद व्यक्त गरेको छ। मञ्चले कार्यवाहक मेयर, कार्यकारिणी प्रमुख तथा कानुन शाखाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा महानगरसँग कानुन तथा नीति निर्माणमा सहकार्य, सहजीकरण तथा बजार अनुगमनमा सक्रिय सहभागिता जनाउने जनाएको छ।

त्यसैगरी सर्वसाधारणमा उपभोक्ता शिक्षा प्रदान गर्ने, व्यवसायीहरूलाई स्वच्छता कायम गराउने तथा उपभोक्ता अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न महानगरपालिकासँग निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता समेत मञ्चले जनाएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले वीरगञ्ज महानगरपालिकाले नगरसभाको २०औँ साधारणसभामार्फत उपभोक्ता अधिकारलाई नीति तथा कार्यक्रममा समावेश गर्नु सकारात्मक कदम भएको बताउँदै यसको स्वागत तथा धन्यवाद व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...