जेष्ठ नागरिक संघ पर्साद्वारा बिरगंजमा २३ औं राष्ट्रिय धान दिवस तथा दही चिउरा कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट , असार १५ गते , वीरगन्ज ।
जेष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगन्जमा २३ औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम आइतबार भव्यताका साथ सम्पन्न भएको छ। “जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यस वर्षको धान दिवस मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले कृषि क्षेत्रको विकासका लागि आधुनिक तथा जलवायु मैत्री प्रविधिको प्रयोग अपरिहार्य भएको बताउनुभयो। उहाँले किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्न महानगरपालिका सदैव प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराले जलवायु परिवर्तनले कृषि क्षेत्रमा चुनौती थपिरहेको उल्लेख गर्दै त्यसको समाधानका लागि अनुकूलित कृषि प्रविधिको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्माले नेपाली समाजका परम्परागत चाडपर्व र कृषिसँगको सम्बन्धलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्व पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले कृषि क्षेत्रको व्यावसायीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा कृषिमा युवाको आकर्षण बढाउन सके मात्र मुलुक आर्थिक रूपमा समृद्ध बन्न सक्ने बताउनुभयो।

असार १५ लाई नेपाली समाजमा धान रोपाइँ, खेतमा रमाइलो तथा दही चिउरा खाने विशेष पर्वका रूपमा मनाइँदै आएको छ। कार्यक्रममा जेष्ठ नागरिकहरूले परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक प्रविधिको प्रयोगमार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने सन्देश दिएका थिए।

कार्यक्रममा जेष्ठ नागरिक समाजका अगुवा, स्थानीय बुद्धिजीवी, समाजसेवी, किसान तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा दही चिउरा ग्रहण गर्दै शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...