Lionel Messi को ऎतिहासिक कीर्तिमान , बिश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी

Date:

पर्सा पोस्ट , असार १४ गते , बिरगंज ।
Lionel Messi ले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा जोर्डनविरुद्ध गोल गर्दै विश्वकप इतिहासमै लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् ।

डलासमा सम्पन्न खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दा मेस्सीले दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै शानदार प्रदर्शन गरे । सुरुवाती ११ मा नरहेका मेस्सी ५९ औँ मिनेटमा मैदान छिरेका थिए भने ८० औँ मिनेटमा आकर्षक फ्रि–किक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

मेस्सीको यो गोलसँगै उनले विश्वकपमा लगातार सात खेलमा गोल गर्ने अद्वितीय उपलब्धि हात पारेका छन् । उनले कतार विश्वकप २०२२ को अन्तिम चार खेल तथा हालको विश्वकप २०२६ का लगातार तीन खेलमा गोल गरेका हुन् । यसअघि लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका जाइरजिन्होको नाममा रहेको थियो ।

३९ वर्षीय मेस्सीले यस विश्वकपमा उत्कृष्ट लय कायम राखेका छन् । उनले प्रतियोगितामा हालसम्म ६ गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या १९ पुर्‍याएका छन्, जुन पुरुष विश्वकप इतिहासकै सर्वाधिक हो ।

खेलमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले पनि गोल गरे । जोर्डनका लागि मुसा अल–तामारीले सान्त्वना गोल फर्काएका थिए । लगातार तीन जित निकाल्दै अर्जेन्टिना समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...