नारायणी अस्पतालमा लगातार तेस्रो बर्षदेखि नि:सुल्क भोजन सेवा , सयौं विपन्न लाभान्वित

Date:

पर्सा पोस्ट | असार १३ गते | वीरगञ्ज
वीरगञ्जस्थित नारायणी अस्पताल परिसरमा वीरगञ्ज समाज सेवाले सञ्चालन गर्दै आएको साप्ताहिक निःशुल्क भोजन सेवा कार्यक्रम शनिबार पनि सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। लगातार तेस्रो वर्षदेखि प्रत्येक शनिबार बिहान सञ्चालन हुँदै आएको उक्त अभियानबाट अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्ति, रिक्सा तथा ई–रिक्सा चालक, यात्रु र बटुवाहरू लाभान्वित हुँदै आएका छन्।

समाजका सदस्य तथा समाजसेवी कल्पना किङरिङका अनुसार विगत तीन वर्षदेखि प्रत्येक शनिबार बिहान ९ः३० बजेदेखि सञ्चालन हुँदै आएको कार्यक्रममा घरमा बनाएको जस्तै सफा, शुद्ध, गुणस्तरीय तथा पोषिलो भोजन निःशुल्क रूपमा वितरण गरिँदै आएको छ। उनले सेवा भावले प्रेरित भएर समाजका सदस्यहरू निरन्तर मानव सेवामा समर्पित रहेको बताइन्।

कार्यक्रमका अवसरमा वीरगञ्ज समाज सेवाका अध्यक्ष गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हरेक हप्ता करिब ४५० देखि ५०० जनासम्मले यस सेवाबाट प्रत्यक्ष लाभ लिइरहेको जानकारी दिए। उनले दिनदुःखी तथा असहाय व्यक्तिको सेवा गर्न पाउँदा आफूहरूलाई आत्मिक सन्तुष्टि मिल्ने गरेको उल्लेख गर्दै काठमाडौंबाट सुमिना प्रधान साईरामले नगद ३ हजार रुपैयाँ सहयोग पठाएर अभियानलाई थप हौसला प्रदान गरेकोमा आभार व्यक्त गरे। साथै उनले सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा सेवकजनप्रति धन्यवाद ज्ञापन गरे।

त्यसैगरी युवा समाजसेवी राजेश बरनवालले असहाय र विपन्नको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म र कर्म भएको बताए। नारायणी अस्पतालजस्तो विपन्नहरूको उपचार केन्द्रमा घरजस्तै निःशुल्क भोजन खुवाउने कार्य अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै उनले मानवता प्रवर्द्धनका लागि सबैलाई यस्ता सामाजिक अभियानमा हातेमालो गर्न आग्रह गरे।
शनिबारको भोजन कार्यक्रममा शुद्ध शाकाहारी परिकार अन्तर्गत स्वादिलो भात, दाल, आलु–चनाको तरकारी तथा हरियो खुर्सानीको अचार वितरण गरिएको थियो। कार्यक्रममा वृद्धवृद्धा, महिला तथा बालबालिकालाई स्वयंसेवकहरूले बोलाइ–बोलाइ थप सेवा प्रदान गरेका थिए।

निःशुल्क भोजन कार्यक्रममा समाजका रामबाबु गुप्ता, बिरेन्द्र आर्य, लालबाबु सिंह, राज महतो, शंकर राई, साचे मगर, रियान्स सिंहलगायत सेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...