थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी , सचिवमा अर्जुन चौधरी चयन

Date:

पर्सा पोस्ट, असार १४ गते, वीरगञ्ज ।
थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुनम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।

अधिवेशन कार्यक्रम शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शान्तकुमार चौधरी, विशिष्ट अतिथिमा सन्तोष दहित तथा अतिथिहरूमा दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी र ओमप्रकाश चौधरीलगायतको उपस्थिति रहेको थियो। साथै थारु समुदायसँग आबद्ध पत्रकार, बुद्धिजीवी तथा संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले थारु समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका थिए। उनीहरूले सत्य, निष्पक्ष र समुदायमुखी पत्रकारितामार्फत थारु समुदायका आवाजलाई सशक्त रूपमा उठाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष पुनम चौधरीले संघलाई अझ सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा समुदायका मुद्दालाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्। सचिव अर्जुन चौधरीले पत्रकारहरूबीच एकता, सहकार्य र व्यावसायिक दक्षता अभिवृद्धिका लागि नयाँ कार्यसमितिले योजनाबद्ध रूपमा काम गर्ने बताए।

अधिवेशनले थारु पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत सुरक्षा तथा समुदायका समस्या र सरोकारलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उजागर गर्ने अठोटसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...