सत्य , कर्म , चरित्रले नै मानिसलाई महान बनाउँछ : समाजसेवी बिमल सरार्फ

Date:

पर्सा पोस्ट , असार १३ गते , रक्सौल, पूर्वी चम्पारण ।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं सामाजिक कार्यकर्ता बिमल सर्राफ ले सत्य, सकारात्मक सोच, असल कर्म र चरित्रले नै मानिसको वास्तविक पहिचान निर्माण गर्ने बताएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले झुटको आयु छोटो हुने उल्लेख गर्दै सत्यको मार्गमा हिँड्ने व्यक्ति अन्ततः सम्मानित हुने धारणा व्यक्त गरे। “समयसँग होइन, सत्यसँगै हिँड्नुपर्छ, एक दिन समय पनि सत्यकै पक्षमा उभिन्छ,” उनले भने।

सर्राफले मानिसको सुन्दरता बाहिरी स्वरूपमा नभई व्यवहार, विचार, संस्कार र चरित्रमा निहित रहने बताए। समाजमा सकारात्मक सोच, सहकार्य, अनुशासन र नैतिकताको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै उनले युवापुस्तालाई सही दिशा र असल कर्मतर्फ अग्रसर हुन आग्रह गरे।

उनले सुख र दुःख जीवनका स्वाभाविक पक्ष भएको उल्लेख गर्दै हरेक परिस्थितिबाट अनुभव र शिक्षा लिन सक्नुपर्ने बताए। “जीवनमा सफल हुन अरूले के भन्छन् भनेर होइन, आफ्नो विवेक र चेतनाअनुसार अघि बढ्नुपर्छ,” उनले स्पष्ट पारे।

समाजमा बढ्दो अहंकार, असहिष्णुता र नकारात्मक प्रवृत्तिले सामाजिक सद्भाव कमजोर बनाइरहेको भन्दै सर्राफले नम्रता, सेवा र सदाचारलाई जीवनको मूल आधार बनाउनुपर्नेमा जोड दिए। उनले मौन रूपमा गरिने असल कर्मले नै अन्ततः व्यक्तिलाई सम्मान र आत्मसन्तुष्टि दिलाउने बताए।

कार्यक्रममा उपस्थित स्थानीय बुद्धिजीवी, समाजसेवी तथा युवाहरूले बिमल सर्राफका विचार प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले समाजमा सकारात्मक सन्देश फैलाउन यस्ता रचनात्मक अभिव्यक्तिहरू आवश्यक रहेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...