लायन्स क्लब अफ बिरगंज मेट्रो सिटिमा नयाँ नेतृत्व चयन , पिया सिंहद्वारा पदभार ग्रहण

Date:

पर्सा पोस्ट , असार १३ गते , वीरगञ्ज, (२७ जुन २०२६) ।
लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको वर्ष २०२५–२६ को पद हस्तान्तरण तथा वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम शनिबार वीरगञ्जस्थित होटल मकालुमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी वर्षका सामाजिक सेवा तथा मानवीय कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

क्लबका अध्यक्ष लायन उमेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट गभर्नर–इलेक्ट (DGE) एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, डिष्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ तथा लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवाल, एरिया चिफ लायन रमेश्वर प्रसाद गुप्ता, जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, भारतको रक्सौल लायन्स क्लबका अध्यक्ष लायन बिमल सर्राफ तथा उहाँकी धर्मपत्नी लायन पूनम सर्राफ, गाइडिङ लायन नारोत्तम पाण्डे लगायत विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै क्लबका चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवालले छोटो समयमै क्लबले शिक्षा, स्वास्थ्य, राहत तथा सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी योगदान पुर्‍याउन सफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ सशक्त योजनासहित क्लब अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ता र अध्यक्ष–निर्वाचित लायन पिया सिंहबीच क्लबको मिनेट बुक, आधिकारिक दस्तावेज तथा जिम्मेवारी हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण सम्पन्न गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष लायन पिया सिंहले पदभार ग्रहणपछि आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला तथा युवा नेतृत्व विकास, रक्तदान, राहत वितरण तथा मानवीय सेवामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रभावकारी ढंगले अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्लबलाई अझ सशक्त र सक्रिय बनाउन नयाँ सदस्यहरूलाई समेटेर आकर्षक तथा ऊर्जाशील टोली गठन गरिएको जानकारी दिनुभयो।

नयाँ कार्यसमिति यस प्रकार रहेको छः
अध्यक्ष – लायन पिया सिंह
प्रथम उपाध्यक्ष – लायन अंकित चौरसिया
द्वितीय उपाध्यक्ष – लायन प्रभात आनंद सिंह
तृतीय उपाध्यक्ष – लायन रबीन श्रेष्ठ
सचिव – लायन नेल्सन भण्डारी
सह–सचिव – लायन प्रसिद्धि आनंद सिंह
कोषाध्यक्ष – लायन खुशबू गुप्ता

सदस्यहरूमा लायन श्वेता गुप्ता, लायन कोमल गुप्ता, लायन श्रुति गुप्ता, लायन नवनीता सिंह तथा लायन संजना बरनवाल रहनुभएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल तथा प्रमुख अतिथि डीजीई एमजेएफ लायन राम बिहारी पाण्डेले लायन्स क्लबले सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

यस अवसरमा अध्यक्ष–निर्वाचित लायन पिया सिंहले निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्तालाई सफल कार्यकालको सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गर्दै उहाँको नेतृत्व, समर्पण र योगदानको प्रशंसा गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ताले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लायन सदस्य, अतिथि, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमले क्लबमा नयाँ नेतृत्वसँगै नयाँ ऊर्जा, उत्साह र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...