महालक्ष्मी विकास बैंकद्वारा रक्तदान , सरसफाइ र स्वास्थ्य शिबिर सहित वर्षिकोत्सव मनाईदै

Date:

पर्सा पोस्ट , जेष्ठ ०६ गते , वीरगञ्ज ।
महालक्ष्मी विकास बैंक ले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनहितकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले रक्तदान, सरसफाइ अभियान तथा निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रममार्फत समाजप्रति आफ्नो दायित्वलाई व्यवहारमा उतार्दै वार्षिकोत्सवलाई अर्थपूर्ण बनाइरहेको जनाएको छ।

यसैक्रममा बैंकको श्रीपुर शाखाद्वारा वीरगञ्जस्थित मुर्ली प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। मानव जीवन बचाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवाहरू, बैंकका कर्मचारी, सेवाग्राही तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा कुल २२ जनाले रक्तदान गरेका थिए, जसमा एक महिला सन्जु श्रेष्ठको समेत सहभागिता रहेको थियो। रक्तदान गर्ने अन्य व्यक्तिहरूमा विवेक ठाकुर, सुरेश सापकोटा, सैफुल्ला देवान, विजय प्रसाद हजाम, अजय साह तेली लगायत रहेका थिए।

कार्यक्रम श्रीपुर शाखा प्रमुख ललन साह कानुको अध्यक्षतामा तथा बैंकका निर्देशक श्यामसुन्दर रुंगटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश प्रबन्धक सुदीप चन्द्र पोखरेल, मर्निङ शाखा प्रबन्धक अरुण कुमार यादव, वीरगञ्ज शाखा प्रबन्धक टिंकु रौनियार, गरिमा विकास बैंकका शाखा प्रबन्धक राजीव कुमार झा, लुम्बिनी विकास बैंकका शाखा प्रबन्धक सुरज कोइराला, समाजसेवी राजेन्द्र भट्टराई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्यामसुन्दर रुंगटाले रक्तदानलाई जीवनदानको संज्ञा दिँदै नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरे। उनले भने, “रक्तदानले कसैको अमूल्य जीवन बचाउन सकिन्छ, त्यसैले यो मानवताको सबैभन्दा ठूलो सेवा हो।”

त्यसैगरी शाखा प्रमुख ललन साह कानुले बैंकले हरेक वर्ष वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सेवासँग जोडेर मनाउँदै आएको जानकारी दिए। उनका अनुसार बैंकले देशभर सरसफाइ अभियान, स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा स्वयंसेवक टोलीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ। स्थानीय स्तरमा यस्ता कार्यक्रमले सामाजिक एकता, मानवीय सेवा तथा जनस्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...