नेपालमै पहिलो पटक ड्रोनबाट भूमि नापजाँच सम्पन्न , पर्साको पटेर्वासुगौलीमा प्रयोग

Date:

अजित कुमार भुजेल, श्रावण २३ गते, वीरगंज। पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रङ्गपुर टाडीमा नेपालमै पहिलोपटक अत्याधुनिक ड्रोन प्रविधिमार्फत भूमि नापजाँच कार्य सम्पन्न गरिएको छ।

भूमि समस्या समाधान आयोगको नापी टोलीद्वारा आज सम्पन्न गरिएको यस ऐतिहासिक कार्यले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा नयाँ अध्याय सुरु गरेको छ।

वरिष्ठ नापी अधिकृत तथा अनुगमन प्रमुख राजकुमार विश्वकर्माको नेतृत्वमा सम्पन्न उक्त कार्यमा ड्रोन प्रविधिको प्रयोग गरिएको हो। आयोगका अध्यक्ष तबरेज अहमदले बताएअनुसार, प्रविधिको प्रयोगबाट नापजाँच प्रक्रिया झन छिटो, सस्तो र भरपर्दो हुने अपेक्षा गरिएको छ।

“ड्रोनले १० मिनेटमै सक्ने काम, आयोगको पाँच जनाको जनशक्तिले गर्दा एक महिना लाग्थ्यो,” अध्यक्ष अहमदले भने, “यसले समय, श्रम र खर्च तीनैको ठूलो बचत हुनेछ।”

भूमि समस्या समाधानका लागि प्रविधिको प्रयोग गरिएको यो पहल नेपालकै इतिहासमा पहिलोपटक भएको हो। आयोगले अन्य स्थानहरूमा पनि यस्तै प्रविधिको विस्तार गर्दै जाने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...