बिरगंज भाद्र १४ गते ” बृहत् महिला सम्मेलन २०८२ ” हुने , पुर्व रास्ट्रपति विद्यादेबि भण्डारी प्रमुख अतिथि

Date:

अजित कुमार भुजेल, साउन २३ गते , बिरगंज । बिरगंज उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमशीलता विकास समितिले पर्सा–बारा जिल्लाका विभिन्न क्षेत्रमा सक्रिय महिलाको सामाजिक पहिचान उजागर गर्ने उद्देश्यसहित यही भाद्र १४ गते शनिबार ‘बृहत् महिला सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ।

नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त सम्मेलनको मुख्य आकर्षण “नारी : शक्ति, समर्पण र सम्मान” विषयक कार्यशाला गोष्ठी रहनेछ।

कार्यक्रम अन्तर्गत उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रमा प्रेरणादायी र उल्लेखनीय योगदान पुर्याएका ३० देखि ४० जना महिलालाई सम्मान गरिनेछ। साथै, राष्ट्रिय स्तरमा स्थापित महिलाहरुको सहभागितामा विविध विषयमा प्यानल छलफल पनि गरिनेछ।

समितिका अनुसार सम्मेलनको उद्देश्य महिला उद्यमीको नेतृत्व क्षमताको विकास, उद्योग–व्यापारको प्रवर्द्धन र समाजमा महिलाको समुज्ज्वल पहिचान स्थापित गर्नुपर्ने भूमिकाबारे गहन छलफल गर्नु रहेको छ। कार्यक्रममार्फत महिलालाई उद्यमशीलता, सामाजिक सेवा र राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने लक्ष्य राखिएको जनाइएको छ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनको तयारीबारे जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक निरज अग्रवाल, सह–संयोजक अनुप अग्रवाल, महिला उद्यमशीलता विकास समितिका संयोजक डा. लक्ष्मी थापा, संघका अध्यक्ष हरिप्रसाद गौतम लगायत पदाधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी गुडि साहले स्वागत मन्तव्य राखेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...