आदर्शनगर रंगशालामा सुधार कार्य प्रारम्भ , अन्तर्राष्ट्रिय स्तरको खेलस्थल बनाउने लक्ष्य ।

Date:

अजित कुमार भुजेल, साउन २३ गते , बिरगंज । हिजो बिहीबार संयोजकको जिम्मेवारी पाएका गोपाल प्रसाद खेतानले आज शुक्रबारदेखि आदर्शनगर रंगशालाको सुधार कार्यको थालनी गरेका छन्। उनले प्राविधिक टोलीको सहयोगमा मैदानको लेबलिङ कार्य तथा घाँस सरसफाइ कार्य प्रारम्भ गराएका छन्।

संयोजक खेतानका अनुसार रंगशालामा छिट्टै फोर टाेलाइट जडान गरिनेछ। उनले भने, “यो रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नति गर्ने हाम्रो लक्ष्य छ। आवश्यक पूर्वाधार निर्माणपछि यहाँ राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिताहरू आयोजना गर्न सकिनेछ।”

स्थानीय खेलकुदकर्मीहरूले खेतानको नेतृत्वमा रंगशालाले थप व्यवस्थित र उद्देश्यअनुरूप सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पूर्वाधारको स्तरोन्नतिले खेलाडीको क्षमता विकासमा सकारात्मक प्रभाव पर्नेछ र यसले खेलकुद क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नेछ।

खेलप्रेमीहरूले आदर्शनगर रंगशालालाई नेपालकै एक पहिचान बोकेको खेलस्थल बनाउने सपना अब साकार हुने अपेक्षा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...