युनिसेफ नेपाल र बिरगंज महानगरपालिकाको सन्युत्त आयोजनामा बिरगंजमा खडेरी प्रभावितलाई राहत सामग्री बितरण

Date:

अजित कुमार भुजेल , साउन २२ गते। युनिसेफ नेपाल र बिरगंज  महानगरपालिकाको संयुक्त आयोजनामा, पर्सा जिल्लामा क्रियाशील चार स्थानीय संस्थाहरू नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एन.जी.ओ. सि.सि.को सहकार्यमा “मेरो पानी मेरो बानी” अभियान संचालन गरिएको छ।

खानेपानी अभावको गम्भीर समस्या भोगिरहेका समुदायहरूलाई लक्षित गरी आज वीरगञ्ज महानगरपालिका वडा न. ११ श्रीपुरस्थित धागर टोलमा विशेष कार्यक्रमको आयोजना गरियो।

कार्यक्रम अन्तर्गत ३० जना स्थानीय बासिन्दाहरूलाई एक-एक थान बाल्टिमा नल (टुटी) जडान गरिएको सेट, एक थान जग, तथा एक थान पानी सफा गर्ने केमिकल हस्तान्तरण गरिएको थियो।

विगत केही समयदेखि तराई, विशेषगरी मधेश प्रदेशका विभिन्न भागहरूमा पानीको अभाव गहिरिँदै गएको सन्दर्भमा यो कार्यक्रम महत्वपूर्ण पहलको रूपमा देखिएको छ।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानका भनाई अनुसार अहिले हामी अति प्रभावित स्थानमा ६ सय थान बाडने छौं। आउने दिनमा अझ पनि बाडने योजना रहेको बताए। यस्तो खडेरी समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु आवश्यक रहेको पनि  बताए।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्व रहेको थियो।उनको सक्रियतामा नन्दनी गुप्ता, प्रिया कुश्वाहा, तथा एन.जी.ओ. सि.सि.का प्रतिनिधि दुलारचन प्रसाद र आनंद यादवको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय समुदायमा पानीको पहुँच सुनिश्चित गर्न तथा जल स्रोतको प्रभावकारी व्यवस्थापनमा नागरिकलाई सचेत गराउने उद्देश्यले ‘मेरो पानी मेरो बानी’ अभियान संचालन गरिएको आयोजक संस्थाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...