नेवार समुदायको नाम जोडी सगरमाथा एग्रो ट्रेडिङ्ग प्रालिले गुणस्तरहिन , सडेगलेको चामल बिक्रि बितरण गरि आमउपभोक्तालाई ठगि गरेको प्रति नेवा: देव देबू बिरगंज महानगरको ध्यानाकर्षण

Date:

अजित कुमार भुजेल, बिरगंज । बिरगंजस्थित सगरमाथा एग्रो ट्रेडिङ्ग प्रा. लि. ले “नेवारी ब्रान्ड” नामक पुलाव बासमती चामलको नाममा उपभोक्ताको विश्वासमा ठगी गर्दै आएको खुलासा भएको छ। घटिया, सडेगलेको चामलको बोरा आकर्षक उपहारको लोभ देखाएर महँगो मूल्यमा बिक्री गरिएको गुनासो उपभोक्ताबाट सार्वजनिक भएपछि व्यवसायिक गोरखधन्दा उजागर हुन थालेको हो।

केही दिनदेखि विभिन्न अनलाइन मिडियामा आएको समाचार प्रती नेवा: देव देबू  बिरगंज महानगरको ध्यानाकर्षण भएको भन्दै नेवा: देव देबू मधेस प्रदेशका सदस्य एवं बिरगंज महानगरका सल्लाहकार सुनिल श्रेष्ठले ” नेवारी ब्रान्ड ” को चामलमा गुणस्तरहिन सडेगलेको चामल , भ्रामक बिज्ञापन गरेर उपभोक्ता र राज्यलाई नै ठगी आफ्नो स्वार्थको लागि हाम्रो जाती , धर्म र सस्कृति माथी नै आच आउने गरि सगरमाथा एग्रो ट्रेडिङ्ग प्रा. लि. ले गरेको कार्यको घोर भर्सना गर्दै यसलाई तुरुन्तै सच्याउन र त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् ।

* उपहारको लोभमा सडेगलेको चामल
एक स्थानीय गृहिणीले टिकटक प्रचारमा देखाइएको लोभलाग्दो ‘तामाको जग’ पाउने आशमा सो चामल किनेकी थिइन्। तर बोरा खोलेपछि तामाको जग त परको कुरा, सस्तो स्टिलको कचौरा र घटिया क्वालिटीको चामल भेटिएको गुनासो सार्वजनिक गरिन्। यस्ता गुनासाहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
* भन्सार दस्तावेजले खोल्यो झुटको पोल
भारतको नयाँदिल्लीबाट भैरहवा नाका हुँदै आयात भएको ती चामलका बोराहरूमा उल्लेखित उपहारहरूको विवरण भन्सार दस्तावेजमा कतै पनि देखिँदैन। प्रज्ञापनपत्रमा त न त तामाको जगको उल्लेख छ, न त थर्मस वा अन्य उपहारका वस्तुहरूको। यसले स्पष्ट पार्दछ कि ती वस्तुहरू गोप्य रूपमा भित्र्याइएका हुन्, र कर तिरेर होइन, राज्यलाई छल्दै।

* उपहार छुट्टै बेच्ने सेटिङ?
विश्वस्त स्रोतका अनुसार – भन्सारमा उपहार उल्लेख नगरी चामलसँगै ती सामाग्रीहरू भित्र्याएर गोदाममा लगिन्छ, र त्यहाँ ती उपहारहरू निकालेर छुट्टै बिक्री गरिन्छ। यसले दोहोरो लाभको व्यापार देखाउँछ – उपहारको लोभमा उपभोक्तालाई घटिया चामल बेच्ने, अनि गोप्य रूपमा भित्र्याइएको उपहार वस्तु छुट्टै बिक्री गर्ने।
*उपभोक्ता ठगी र राजस्व छली : दुईवटा गम्भीर अपराध
उक्त घटनामा दुई प्रमुख अपराध देखिन्छन्:
• उपभोक्ता ठगी – उपहार देखाएर घटिया सामाग्री बिक्री गर्नु उपभोक्ता संरक्षण ऐन अन्तर्गत ठगीको गम्भीर अपराध हो।
• राजस्व छली – भन्सारमा वस्तुको विवरण नदेखाई सामान भित्र्याउनु राजस्व ऐन अनुसार आपराधिक कार्य हो।
* कारबाहीको प्रक्रिया : कानुनी कठघरामा उमेश अग्रवाल
उपभोक्ता हित संरक्षण मञ्च, मकवानपुरले विज्ञापन बोर्ड, काठमाडौंमा उजुरी दर्ता गरिसकेको छ। सो उजुरीको आधारमा विज्ञापन बोर्डले सगरमाथा एग्रो ट्रेडिङ्ग प्रा. लि. का सञ्चालक उमेश अग्रवालविरुद्ध कानुनी प्रक्रिया सुरु गरेको पुष्टि भएको छ।
“राम्रो उपहार देखाएर घटिया चामल बेच्नु र राज्यलाई राजस्व छल्नु दुबै गम्भीर अपराध हुन्। यस्तो गोरखधन्दा तुरुन्त रोकिनुपर्छ र दोषीमाथि कडा कारवाही हुनुपर्छ।” – उपभोक्ता हित संरक्षण मञ्च

* अब उपभोक्ताले के गर्नुपर्छ? — सचेत र सतर्क बन्ने ५ उपाय
• लोभमा नपर्नुहोस् – उपहार वा छुटको नाममा अत्यधिक प्रचार गरिएका वस्तुप्रति सतर्क रहनुहोस्।
• बोरा वा प्याकेटमा उल्लेख विवरण जाँच गर्नुहोस् – गुणस्तर, म्याद, आयातकर्ता, मूल्य आदिको जानकारी पढ्नुहोस्।
• सामग्री प्राप्त नभए तत्काल उजुरी गर्नुहोस् – उद्योग वाणिज्य कार्यालय, उपभोक्ता मञ्च वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुहोस्।
• सामाजिक सञ्जालमा सचेतना फैलाउनुहोस् – आफू ठगिएको अनुभव सार्वजनिक गर्नु उपभोक्ता सचेतना अभिवृद्धिको माध्यम बन्न सक्छ।
• ठगी देखिएमा पत्रकार वा सञ्चारमाध्यममा खबर गर्नुहोस् – यो सामूहिक आवाज बनाउँछ र सम्बन्धित निकायलाई कारवाही गर्न बाध्य पार्दछ।
*निष्कर्ष : व्यापारीको मनपरी रोक्ने हो भने उपभोक्ता जागरुक बन्नुपर्छ
सगरमाथा एग्रो ट्रेडिङ्ग जस्ता कम्पनीहरूको व्यापारिक अनैतिकता र सेटिङ प्रणालीले राज्य र जनतालाई दुबै ठगिरहेको अवस्था देखिन्छ। अब प्रश्न उठेको छ — के उमेश अग्रवाल जस्ता व्यापारी कानुनको दायरामा आउने छन्? कि फेरि पनि पैसाको भरमा उन्मुक्ति पाउने छन्?
यो समाचार केवल एउटा उदाहरण मात्र हो, तर यस्ता गतिविधिहरू थुप्रै छन्। त्यसैले अब उपभोक्ताले आँखा खोल्न, कान थाप्न र आवाज उठाउनुपर्ने समय आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...