कुम्हालटोलमा १२ औं निसुल्क भोजन शिबिर सम्पन्न , ” मानवताको सेवामा हातेमालो गरौं “- अधिवक्ता उपाध्यायको आग्रह

Date:

अजित कुमार भुजेल, साउन ३ गते,  बिरगंज ।  “दिनदुखी र असहायको सेवा नै मानवताको सच्चा धर्म हो,” भन्दै वरिष्ठ अधिवक्ता तथा समाजसेवी प्रकाश उपाध्यायले सबैलाई मानवसेवा अभियानमा हातेमालो गर्न अपिल गरेका छन्।

कुम्हालटोल टोल सुधार समाज, वीरगंज–७ को आयोजनामा आज रेल्वे रोडस्थित पञ्चमुखी हनुमान मन्दिर (सामुदायिक प्रहरी कुम्हालटोल) अगाडि आयोजित १२ औं निशुल्क भोजन शिविरमा बोल्दै उनले यस्तो कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने र पीडितलाई राहत दिने उल्लेख गरे।

“विगत १ वर्षदेखि गुणस्तरीय, पोषणयुक्त र सम्मानजनक भोजन खुवाउँदै आएको कुम्हालटोल समाजको यो सेवा अत्यन्तै प्रेरणादायी छ,” उपाध्यायले भने, “आज म स्वयंसेवक भएर सेवा दिन पाउँदा आत्मसन्तुष्टि मिलेको छ। यस्तो सुकार्यको निरन्तरता हुनु अत्यावश्यक छ र म सदैव साथ दिन तयार छु।”

कार्यक्रममा कुम्हालटोल टोल सुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिरले निशुल्क भोजन शिविर हालसम्म प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको जनाउँदै, अबदेखि हरेक १५ दिनमा एक पटक, र सम्भव भएसम्म प्रत्येक शनिबार आयोजनाको तयारी रहेको बताए । उनले यो सेवा समाजका विभिन्न पदाधिकारी तथा दाताहरुको सहयोगमा सञ्चालन हुँदै आएको उल्लेख गर्दै अझ प्रभावकारी बनाउन सहयोगी हातहरूको हातेमालो आवश्यक रहेको स्पष्ट पारे।

सेवामा सहभागी समाजसेवी नवराज भट्टराईले यस्ता कार्यहरूले मानवता बलियो बनाउने र असहायलाई जीवनयापनमा सहयोग पुर्‍याउने हुँदा सबै टोलवासी तथा युवाहरुलाई सक्रिय सहयोग गर्न आह्वान गरे।

आजको भोजन शिविरमा बाटो हिँड्ने पैदल यात्री, रिक्सा–इरिक्सा चालक, ठेलागाडा व्यवसायी तथा गरिब, असहायहरूलाई दाल–भात, परवल–आलु–चना तरकारी, भुटेको हरियो खुर्सानीको अचार सहितको स्वादिष्ट भोजन सेवा गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि अधिवक्ता प्रकाश उपाध्यायसहित, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, कंचनजंघा स्कूलका निर्देशक मार्टिन मोक्तान, समाजसेवी मदन यादव, अमरटोल टोल सुधार समितिका सचिव नवराज भट्टराई, समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सह–सचिव रितेश गुप्ता, सल्लाहकारहरू श्रवणबहादुर रायमाझी, गोबिन्द ताम्राकार लगायत समाजसेवी र स्थानीय युवाहरूको सक्रिय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...