अजित कुमार भुजेल , बिरगंज, बिरगंज पब्लिक कलेज (BPC) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित “बिपिसी युवा महोत्सव 2025” आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। “शिक्षा, सिर्जनशीलता र समृद्धिको यात्रा” नाराका साथ आयोजित महोत्सवले युवा पुस्तालाई बहुआयामिक अनुभव प्रदान गरेको थियो।
= मुख्य आकर्षणहरू:
🔹 नेभिगेसन एण्ड नेटवर्किङ सेसन
विद्यार्थी र युवाहरूबीच परिचय आदानप्रदान, विचार साझेदारी तथा भविष्यका योजनाबारे संवाद हुने यो सेसनले सञ्जाल निर्माण र व्यक्तिगत विकासमा विशेष योगदान पुर्यायो।
🔹 शैक्षिक जानकारी तथा परामर्श स्टल
+2 देखि BBA, BIM, BBS, BIT, MBA, MBS जस्ता कार्यक्रमहरूको बारेमा BPC कलेजका प्रतिनिधिहरूबाट प्रत्यक्ष जानकारी लिन सकिने अवसरले शैक्षिक मार्गदर्शनमा सहायता पुगेको सहभागीहरूले बताएका छन्।
🔹 स्थानीय उत्पादन र लघु उद्यमको प्रदर्शनी
बिरगंजमै उत्पादन भएका सामग्रीहरू, घरेलु तथा लघु उद्यममा आधारित स्टलहरूले स्थानीय उद्यमशिलता प्रवर्द्धनमा योगदान पुर्याए। विद्यार्थीहरूले आफ्नै सिर्जना तथा उत्पादनहरू प्रदर्शन गर्ने अवसर पाए।
🔹 फूड स्टल र स्वादको यात्रा
महोत्सवमा रेस्टुरेन्टस्तरका स्वादिष्ट परिकारहरू राखिएका फूड स्टलहरूमा भिड लाग्दो भीड देखियो। आगन्तुकहरूले परिकारको स्वाद चाख्दै रमाइलो अनुभव लिएका थिए।
🔹 मनोरञ्जनात्मक खेलकुद र फनफेयर
फेस पेन्टिङ, डार्ट गेम, रिंग टस, झुला लगायतका रमाइला गतिविधिहरूले बालबालिका, किशोर–किशोरीदेखि युवासम्म सबैलाई रमाइलो गराए।
= उपस्थित र सहभागिता
कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी, उद्यमीहरू लगायत हजारौंको सहभागिता रहेको थियो।
=आयोजकको प्रतिबद्धता
बिरगंज पब्लिक कलेजले यस्तो सिर्जनात्मक र उद्देश्यपरक कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने घोषणा गरेको छ।
” बिपिसि युवा महोत्सव २०२५ ” भब्य रुपमा सम्पन्न : शिक्षा , उद्यमशिलता र मनोरञ्जनको संगम
Date: